आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

नामिबियासंग २ विकेटले हार्यो नेपाल 

समाज खबर संवाददाता |

फेरि पनि चलेन ब्याटिङ

 

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासंग २ विकेटले पराजित भएको छ । 
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले  जितका लागि १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य नामिबियाले ४० ओभरमा ८ बिकेट गुमाएर भेट्टायो  ।नेपालका लागि कुशल भुर्तेलले तीन विकेट लिए भने दिपेन्द्र सिंह ऐरि, रोहित पौडेल, ललित राजबंशी र कुशल मल्लले समान एक-एक विकेट लिए ।  नामिबियाका लागि कप्तान जेरार्ड इरासमसले ५६ बलमा ८ चौका र २ छक्कासहित ५२ रन बनाए । यस्तै माइकल भ्यान लिङ्गेनले ३४ बलमा ४ चौका र २ छक्कासहित ३१ रन बनाए ।कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३७ दशमलव १ ओभरमा अलआउट हुँदै १६७ रन मात्र बनाउन सक्यो । 
नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेलेका थिए । 
त्यस्तै, कुशल मल्ल ३६, भीम सार्की २६, कुशल भुर्तेल १८ रनमा आउट हुँदा करण केसीले १२ रनको योगदान दिए । 
नामिबियाका लागि बर्नाड स्कोल्ट्ज र जन निकोल लोफ्टी इटनले समान चार–चार विकेट लिँदा जेरार्ड इराशमस र ज्याक ब्रसेलले समान एक–एक विकेट लिएका थिए । 
 यसअघि भएको खेलमा नामिबियाले नेपाललाई चार विकेट हराएको थियो ।

प्रतिकृया दिनुहोस