आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

बुधबार सुनको भाउमा सामान्य गिरावट

समाज खबर संवाददाता |

काठमाडौं । बुधबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ । सुन तोलामा १०० रुपैयाँले घटेको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार  सुनको भाउ स्थिर रहेको थियो । आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदी तोलामा पाँच रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।  चाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ । आइतबारदेखि चाँदी प्रतितोला २५ रुपैयाँले घटिसकेको छ ।

प्रतिकृया दिनुहोस