आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

नेप्सेमा आयो दोहोरो अंकको गिरावट

समाज खबर संवाददाता |

काठमाडौं । यो साताको अन्तिम कारोबार दिन पनि सेयर बजार परिसूचक घटेको छ । २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा आइपुगेको छ । 
आज ४४ कम्पनीका सेयरमूल्य बढ्दा १९६ कम्पनीको घटेको छ । १३ उपसमूह सबै घटेका छन् । सर्वाधिक घट्नेमा जीवन बीमा उपसमूह छ । जीवन बीमा २.६५ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक नोक्सानीमा स्वाभिमान लघुवित्तका लगानीकर्ता छन् । जाल्पा, धौलागिरी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एनआइसी एसिया लघुवित्त धेरै घट्ने सेयरका सूचीमा रहे ।
आज १ करोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ छ । बजार घटेको दिन पनि वीन नेपाल लघुवित्त र मानुषी लघुवित्तको सेयर भने सर्किट स्तरमा बढेको छ । गुराँस लघुवित्तको पनि बढेको छ । 
सर्वाधिक कारोबार हुने कम्पनीहरुमा माथिल्लो तामाकोसी अघि आएको छ । उक्त जलविद्युत कम्पनीको २७ लाख ६८ हजार ७ सय ६५ कित्ता सेयर ५० करोड ८ लाखमा किनबेच भएको छ । यस्तै शिवम् सिमेन्टको २४ करोड ४ लाख, सोनापुर मिनरल्सको १६ करोड २४ लाख, गुर्खाज फाइनान्सको १२ करोड ७६ लाख र हिमालयन रिइन्स्योरेन्सको सेयर ९ करोड ८४ लाखको किनबेच भएको छ ।  

प्रतिकृया दिनुहोस