आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

देशभर बदली उच्च पहाडमा हिमपात

समाज खबर संवाददाता |

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।
आज दिउँसो गण्डकी, कोशी, मधेस र बागमती प्रदेशसहित देशको पहाडी भूंंभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । 

गण्डकी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ ।

प्रतिकृया दिनुहोस