आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

रुसको मस्कोमा आतंकवादी हमला, ६० भन्दा बढी मारिए

समाज खबर संवाददाता |

काठमाडौं । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।  आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ । शुक्रबार राति भएको आतंकवादी हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ । हमलाको जिम्मेवारी आतंकवादी संगठन आईएसले लिएको छ । आईएसले आफ्नो टेलिग्राम च्यानलमा एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रा लडाकुहरूले रुसी राजधानी मस्कोको बाहिरी भागमा रहेको क्रोकस कन्सर्ट हलमा हमला गरेका थिए।’ आईएसको विज्ञप्तिमा आक्रमणकारीहरू सुरक्षित रूपमा आफ्नो अड्डाहरूमा फर्किएको पनि भनिएको छ । रुसमा पछिल्लो दुई दशकमा भएको सबैभन्दा ठूलो आतंकवादी हमला मानिएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले आक्रमणलाई ‘ठूलो त्रासदी’ भनेका छन् । 

प्रतिकृया दिनुहोस