आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाको आदेश

समाज खबर संवाददाता |

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरूङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो ।

सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले गुरुङको निलम्बन फुकुवा भएको जानकारी दिए । मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङलाई गत पुस १२ गते संसद सचिवालयले निलम्बन गरेको थियो ।

उनी विरुद्ध अख्तियारले २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आफूलाई निलम्बन गर्ने संसद् सचिवालयको निर्णयविरुद्ध गुरुङ गत फागुन २१ गते सर्वोच्च गएका थिए ।

प्रतिकृया दिनुहोस