समाज खबर

सम्झौता रद्द भए पनि सिएमसीलाई मेलम्चीको काममा फर्काउन पहल

काठमाडौँ, २५ माघ (रासस)मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ । आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ बोलपत्र गर्दा खर्चिलो हुने र निर्माण अवधि बढी लाग्ने भएकाले....पुरा पढ्नुहोस

पाँच लाख घुस प्रकरण : ‘श्रीमान्’लाई पनि कारवाहीको तयारी

घुस लिएर मुद्दाको फैसला गर्ने गरेको आरोपमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँ न्याय परिषद्मा तानिएका छन् । माघ १७ गते पाँच लाख नगद घुससहित पक्राउ परेका जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले घुस लेनदेन न्यायाधीशको निर्देशनमा गरेको बयान दिएपछि उनी न्याय परिषद्मा तानिएका....पुरा पढ्नुहोस

कारबाहीमा परेका इन्स्पेक्टरलाई ‘पुरस्कार’ !

२५ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले कारबाहीमा परेको प्रहरी निरीक्षकलाई आकर्षक पोस्टिङ दिएको भेटिएको छ । धनुषास्थित इलाका प्रहरी कार्यालय, सखुवा, महेन्द्रनगरमा नसियत पाएका प्रहरी निरीक्षक अरुण कुशवाहलाई इञ्चार्जको जिम्मेवारी दिइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर....पुरा पढ्नुहोस

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने

धनुषा, २५ माघ: जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो । उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही....पुरा पढ्नुहोस

८ सय ४८ उपसचिवको समायोजन

काठमाडौं । सरकारले ८४८ उपसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८४८ उपसचिवको समायोजन गरिएको बताउनुभयो । उहाँका अनुसार सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको....पुरा पढ्नुहोस

बोलेरो दुर्घटनामा ५ को मृत्यु

सिन्धुली । फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता....पुरा पढ्नुहोस

बाग्मती सरसफाइ महाअभियानको ३०० औं हप्ता विशेष कार्यक्रम आयोजन

काठमाडौँ, २४ माघ (रासस) : ‘स्वच्छता मेरो पहिचान ः सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ बाग्मती सरसफाइ महाअभियानको ३००आँँै हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । अगामी शनिबार बिहान ८ः३० बजे बाग्मती मनोहरा दोभानको शङ्खमूल क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विशेष....पुरा पढ्नुहोस

आफ्नै १२ बर्षिया छोरी बावुबाट बलात्कृत

बुटवल – १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा अर्घाखाँचीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शितगंगा नगरपालिका–६ जकुनेकी ४२ वर्षीय पुरुषले आफ्नै १२ बर्षिया छोरीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । आफ्नै बावुबाट बलात्कृत बालिकाले हजुर बुवासँग आफू बलात्कृत भएको....पुरा पढ्नुहोस

डाँफेको संरक्षणमा समुदाय

गलेश्वर, २४ माघ: म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षीको मान्यता पाएको डाँफेको संरक्षणका लागि स्थानीय सक्रिय भएका छन् । समुद्री सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका....पुरा पढ्नुहोस

हिमपातले चिसो बढ्यो , जनजीवन कष्टकर

बाजुरा । एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेकामा फेरि बुधबारबाट हिमपात शुरु भएको छ । हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेकोे छ । बुधबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा शुरु भएको हिमपात दक्षिणी भागमा पनि बढ्दै गएको छ । हिमपातकै कारण पोरखे लेक पुग्ने बाटो पुन....पुरा पढ्नुहोस

Popular Posts