राष्ट्रियसभाको अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार ०९:२५

काठमाडौं- राष्ट्रियसभाको अध्यक्ष पदमा नेकपा एमालेका गणेश तिमिल्सिनाको एक्लो उम्मेदवारी परेको छ।

संसद सचिवालयले मनोनयनका लागि दिउँसो एक बजेसम्मका लागि दिएको समयसीमाभित्र एमाले उम्मेदवार तिमिल्सिनाले मात्र उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष पदमा तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको छ।

आगामी बुधबार चुनावी प्रक्रियाबाट नतिजाको औपचारिक घोषणा हुनेछ।

अपराह्न साढे १२ बजे संसद भवनमा पुगेर तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका थिए। तिमिल्सिनाको प्रस्तावकमा खिमलाल भट्टराई र समर्थकमा दिनानाथ शर्मा र सुमनराज प्याकुरेल रहेका छन्।

वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो। सोही सहमति अनुसार तिमिल्सिना राष्ट्रियसभाको

(Visited 1 times, 1 visits today)

२८ फाल्गुन २०७४, सोमबार ०९:२५ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts