चार करोड २६ लाखमा एनआइसी एसियाको गिद्धेदृष्टि, विद्यार्थी र अभिभावकको पैसा संकटमा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १३ श्रावण २०७५, आईतवार १४:४८

काठमाडौं : एनआइसी एसिया बैंकको भक्तपुरस्थित दुवाकोट शाखामा प्राध्यापकहरूले आइतबार धर्ना दिएका छन्। नेपाल इन्जिनियरिङ क्याम्पसबाट आउनु पर्ने पैसा बैंकमा जम्मा भएको र बैंकले भुक्तानी नगरको भन्दै आइतबार १० बजेदेखि करिब एक घण्टा धर्ना दिएका हुन्। ‘हामीले बैंकमा पैसा राखेका थियौँ, बैंकले भुक्तानी नदिएपछि धर्ना दिन बाध्य भयौँ’ क्याम्पश प्रध्यापक तथा संचालक दीपक भट्टराईले भने।

नेपाल इन्जिनियरिङ क्याम्पसका प्राध्यानाध्यापक, सहप्राध्यानाध्यापक, लेखा प्रमुख र सहप्रमुखको संयुक्त खाता यो शाखामा रहेको थियो। यसअघि सहज रूपमा काम  भएता पनि पाँच महिनाअघि विद्यार्थीबाट उठाएको शुल्क र सरकारले दिने छात्रावृत्तिको रकम एक मुष्ट चार करोड २६ लाख रुपैयाँ बैंकमा जम्मा गरेपछि समस्या आउन थालेको हो। यो रकम बैंकमा जम्मा गरिएको एक दिनमै खाता रोक्का गरिदिएको गुनासो इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरूको गुनासो रहेको छ।

आइतबार संयुक्त रूपमा हरेको खाताबाट कर्मचारीको तलब र क्याम्पसको नियमित कामको लागि ४२ लाख रुपैयाँको चेक काटिएको थियो। बैंक खाता रोक्का भएको कारण पैसा नदिने अडान बैंक शाखाले जनाएपछि प्राध्यापक र केही स्थानीयहरूसमेत बैंकविरुद्धमा आन्दोलनमा उत्रेका थिए। सामान्यतया राष्ट्रबैंकको आदेशबिना बैंक खाता रोक्का गरिदैन । तर एनआइसी एसियाले भने कलेजभित्रको विवाद देखाउँदै आफै निर्णायक बनेर सामुहिक खाता रोक्का गरेको हो । खाता रोक्न कुनै उजुरी नपरेपनि बैंकले अनावश्यक विवाद झिक्नुले ४ करोड २६ लाखमा बैंकको गिद्धे नजर परेको हुनसक्ने बताइन्छ ।

(Visited 1 times, 1 visits today)

१३ श्रावण २०७५, आईतवार १४:४८ मा प्रकाशित

Popular Posts