सिद्धार्थ बैंकको एकै साथ ३ नयाँ शाखा सञ्चालनमा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३२ असार २०७५, सोमबार ०२:१४

काठमाडौं । सिद्धार्थ बैंकले आइतबार विभिन्न स्थानहरुमा एकैसाथ ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कपिलवस्तु शवराज नगरपालिको चन्द्रौटा, पश्चिम रुकुम मुसीकोट नगरपालिकाको मुुसीकोट र पूर्व रुकुम पुथा उत्तरगंगा गाउँपालिकाको पुथा उत्तरगंगामा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग तथा मेबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।

बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा प्रदान योजना बनाएको छ । बैंकले देशभर १२१ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ९०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

(Visited 1 times, 1 visits today)

३२ असार २०७५, सोमबार ०२:१४ मा प्रकाशित

शीर्ष खबर

सबै

तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौं । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको.....

पैँतीसबुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

काठमाडौँ । पैँतीसबुँदे घोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ सम्पन्न भएको छ । यही.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts