एक करोड १० लाख धरौटी बुझाएर कार्की रिहा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ माघ २०७५, सोमबार १७:१०

काठमाडौं । सिक्टा सिँचाइ आयोजनाका तत्कालीन आयोजना प्रमुख दिलिपबहादुर कार्की एक करोड दश लाख धरौटी बुझाएर रिहा भएका छन् ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाटाचार मुद्दा सुनुवाइ गर्दै विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी सदस्यहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले सोमबार मागेको १ करोड १० लाख धरौटी बैंक ग्यारेन्टीमार्फत बुझाएर कार्की थुना मुक्त भएका हुन् ।

अख्यिारले कार्कीसँग कार्कीसँग एक अर्ब ५६ करोड, ८२ लाख ८३ हजार बिगो दाबी गर्दै मंसिर २१ गते मुद्दा दर्ता गरेको थियो । कार्की नेपाल बंगलादेश बैंक ग्यारेन्टीमा रिहा भएका हुन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बाँके जिल्लामा निर्माणाधीन सिक्टा आयोजना निर्माणकै क्रममा मूलनहर भत्किएको, डिजाइन नै त्रुटीर्पण ढंगले गरेको, आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको र परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनःपरीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको अभियोग अख्यितारले गएको छ ।

कार्कीसँर्ग तत्कालीन आयोजना प्रमुखहरु सर्वदेवप्रसाद, सरोजचन्द्र पण्डित, र रमेश बस्नेतविरुद्धसमेत मुद्दा दायर गरिएको छ ।

आयोगले आयोजना निर्माणको ठेक्का पाएको कालिका कन्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डेविरुद्ध पनि मुद्दा दायर गरेको छ । पाण्डे पनि चार करोड बैंक ग्यारेन्टी बुझाएर थुना मुक्त भइसकेका छन् ।

अख्तियारले आयोजना निर्माणका क्रममा भ्रष्टाटाचार भएको भन्दै २१ जनाविरुद्ध भ्रष्टाचार मद्दा दर्ता गरेको छ ।

(Visited 1 times, 1 visits today)

२८ माघ २०७५, सोमबार १७:१० मा प्रकाशित

Popular Posts