गगनको हत्या प्रयास गर्नेलाई कसले छुटायो ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २३ पुष २०७४, आईतवार ०१:५३

काठमाडौं । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ ।

अभियुक्त महेश नेपाली, बिग्रेस लामा र रोशन विष्टलाई रु ६० हजारका दरले धरौटी रकम लिएर जिल्ला प्रशासन कार्यालयले रिहा गरेको हो । कार्यालयले दुई जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ । अभियुक्तद्वय रवि गोले र विचारमान तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अर्का अभियुक्त राधी तामाङलाई भने नुवाकोटमा अर्को मुद्दा रहेकाले प्रहरीले नुवाकोटमा पठाइदिएको छ । उनीहरु सबैलाई प्रशासन कार्यालयले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा लगाएको थियो । घटनालगत्तै पक्राउ परेकामध्ये छ जनाविरुद्ध तत्काल जिल्ला अदालत काठमाडौँमा विस्फोटक पदार्थको प्रयोग तथा ओसारपसारसम्बन्धी मुद्दा दायर भएको थियो ।
उनीहरुलाई अदालतले बुधबार रु १० हजारका दरले धरौटी लिएर रिहा गरेको थियो । अदालतले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । जिल्ला प्रशासन कार्यालयले पनि दुई जनाबाहेक सबैलाई रिहा गरेकामा घटनाका पीडितले असन्तोष जनाएका छन् । मानिसको ज्यानसमेत जान सक्ने गरी बम पड्काउनेले रु १० हजार तिर्दैमा छुट्कारा पाउने कानूनी व्यवस्था व्यावहारिक र न्यायपूर्ण नभएको उनीहरुको भनाइ छ ।

घाइतेले दोषीलाई कारबाही गर्नेभन्दा पनि मुक्ति दिने गरी प्रमाण जुटाउने बेलामा मुद्दा नै कमजोर बनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नं ४ मा काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएर घरदैलो गरिरहेका बेला थापासहितको टोलीलाई लक्ष्य गरी काठमाडौँको चपलीमा गत मंसिर १८ गते बम आक्रमण भएको थियो । आक्रमणबाट थापासहित ११ जना घाइते भएका थिए ।

(Visited 1 times, 1 visits today)

२३ पुष २०७४, आईतवार ०१:५३ मा प्रकाशित

शीर्ष खबर

सबै

९ लाख तेस्रो लिङ्गी मध्ये १ सय ६७ को मात्रै नागरिकता

काठमाडौं । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला,.....

विधिसम्मत नियुक्ति खारेज गरिएकोमा देउवा रुष्ट

मन्थली । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफू नेतृत्वको सरकारले विधि सम्बत गरेका राजनीतिक नियुक्ती.....

कोशीको बहाव बढ्दो, नआत्तिन प्रशासनको आग्रह

सुनसरी । पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी.....

सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौं । चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान.....

काठमाडौंमा १ सय ४३ स्थानमा पार्किङको व्यवस्था तर समस्या उस्तै !

अच्यूत रेग्मी । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी.....

Popular Posts