समाज खबर

काठमाडौंमा पेट्रोलियम गाडी चलाउन रोक्ने गगनको प्रस्ताव

काठमाडौं । सांसद गगन थापाले काठमाडौं उपत्यकामा १० वर्षभित्र पेट्रोलियम पदार्थवाट चल्ने सवारी साधनमा रोक लगार्इ विद्युतिय सवारी साधनको मात्र प्रयोग गर्ने संकल्प प्रस्ताव संसदमा दर्ता गरेका छन् । प्रस्तावमा सांसदहरु रामेश्वर फुयाल, दीपक प्रसाद कुईकेल, कौशर शाह र कान्ता भट्टराईको समर्थन छ....पुरा पढ्नुहोस

साझा प्रकाशनका तीन सदस्यद्वारा राजीनामा

काठमाडौं । साझा प्रकाशनको सञ्चालक समितिको सदस्यबाट आज तीन जनाले राजीनामा दिनुभएको छ । समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा डा कृष्णहरि बरालले आज विज्ञप्ति प्रकाशन गरी राजीनामा दिनुभएको हो । उहाँहरुले पछिल्ला समयमा साझा प्रकाशन र आफ्नो प्रतिष्ठानमा आँच आउने किसिमका समाचार बाहिर आएकाले....पुरा पढ्नुहोस

नेपाली नागरिकता त्याग्ने बढें

काठमाडौं । काठमाडौंमा २०७३/७४ मा ४३ जनाले नेपाली नागरिकता त्यागेका छन् । चालू आर्थिक बर्षको भदौ मसान्तसम्म नागरिकता त्याग्ने १२ पुगेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार तिनमा अधिकांश भारतमा बिहे गरी जाने महिला छन् । अमेरिका, बेलायत, अस्ट्रेलियालगायत अन्य देशको नागरिकता लिएको कारण देखाउने....पुरा पढ्नुहोस

सरकारले खसीबोकाको अनुगमन गर्ने

काठमाडौं । सरकारले असोज ६ गतेदेखि ११ गतेसम्म राजधानी भित्रिने खसीबोका र खाद्यान्न अनुगमन गर्ने भएको छ । काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागमा आइतबार (हिजो) बसेको बैठकले खसीबोका परीक्षणमा कडाई गर्ने निर्णय गरेको हो । फूलपातिको दिनसम्म कलंकी, बिजुलीबजार र टुकुचा खसीबजार, बालाजु बाइपास र....पुरा पढ्नुहोस

नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न माग

नवलपरासी । प्रदेश नं ४ मा पर्ने नवलपरासीको नवलपुर क्षेत्रको नामाकरण नवलपुर जिल्ला कायम हुनुपर्ने माग राख्दै आज सरोकारवालाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री देउवालाई भेटी पूर्वीनवलपरासीको....पुरा पढ्नुहोस

पूर्वराष्ट्रपतिका लागि आवास गृह निर्माण गर्न प्रस्ताव

काठमाडौं । पूर्वराष्ट्रपतिका लागि आवासको व्यवस्था गर्न राज्यले स्थायीरुपमै आवास भवन बनाउनुपर्ने संसदीय उपसमितिले निष्कर्ष निकालेको छ । पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा संसद्को राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिको  बैठकमा सांसदहरुले....पुरा पढ्नुहोस

दशैं खर्च जुटाउँदै राउटे मुखिया

नृपेन्द्रबहादुर मल्ल,   मुगु । नेपालीको महान् चाडपर्व दशैं मनाउन सबैले खर्च जोहो गरिरहेका बेला लोपोन्मुख नेपाली जाति राउटे पनि दशैं खर्चको जोहोमा जुटेको छ दशैंका बेला एकसरो लुगा, चामल, तेल, दाल, एक खसीका लागि आवश्यक पर्ने रकम जुटाउन राउटे समुदायका केही सदस्य प्रदेश नं ६ का विभिन्न जिल्लामा रकम....पुरा पढ्नुहोस

प्रलेस प्रतिभा पुरस्कार सिलवाललाई

काठमाडौं । प्रगतिशील लेखक संघले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार युवाकवि केशव सिलवाललाई दिने भएको छ । संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । ‘वर्जित अवशेष’ र ‘धारिला मानिसहरु’ दुई कवितासंग्रहका स्रष्टा ललितपुर लेले निवासी उहाँ साहित्यिक पत्रकारिता....पुरा पढ्नुहोस

काठमाडौंभित्रै गाँजाको खेती !

काठमाडौं । धेरैलाई अचम्म लाग्न सक्छ, काठमाडौंभित्रै गाँजाको खेती ।  अनि गाँजाका क्रेता बनेपा, धुलिखेलदेखि काठमाडौंका विभिन्न कुनाबाट खुसुक्क पुग्ने । बर्षौदेखि गुपचुप भईरहेको गाँजा खेतीको यस्तो कथा हो, गोकर्णेश्वर नगरपाकिला १ को खोख्रेनी र मुलखर्क गाउँको । ब्यक्तिका नाममा रहेका खेती हुने र नहुने....पुरा पढ्नुहोस

इम्बोस्ड नम्बर प्लेट : प्रदेशकै नाममा, अंग्रेजी कायमै

काठमाडौं । सरकारले अञ्चलका नामबाट सुरु गरेको इम्बोस्ड नम्बर प्लेट जडान तत्कालका लागि स्थगित गर्दै प्रदेशका नामबाट वितरण गर्ने भएको छ । सरकारले भदौ ९ देखि वाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनका लागि अञ्चलकै नामबाट इम्बोस्ड नम्बर प्लेट सुरु गरेको थियो । नेपालको संविधानमा अञ्चलको व्यवस्था नभएकाले....पुरा पढ्नुहोस

Popular Posts