उकालो लाग्यो शेयर बजार

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलवार १३:०४

काठमाडौं । लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०.७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.२२ बिन्दुले बढेको छ ।

आज कुल १५५ कम्पनीको छ लाख ७४ हजार ७८६ कित्ता शेयर रु ३० करोड सत्तरी लाख ६८ हजार ३१९ मूल्यमा कारोबार भएको छ । विकास बैंक समूह ०.८५, वित्त क्षेत्र ४.५१ र अन्य समूह ८.६७ अंकले उकालो लागेको छ भने बैंकिङ ०.३, व्यापार ३.३८, होटल ६.२१, बीमा ८.९९ र उत्पादन समूहका शेयर ११.६४ बिन्दुले ओरालो लागेको छ । लगातार घट्दै आएको बजारमा सामान्य सुधार हुँदा लगानीकर्तामा विश्वास बढेको बताइन्छ ।

(Visited 1 times, 1 visits today)

२४ आश्विन २०७४, मंगलवार १३:०४ मा प्रकाशित

शीर्ष खबर

सबै

कम्युनिष्ट सरकारको कदम , ६ ठाउँमा आन्दोलन गर्न निषेध

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको.....

‘देउवाको नेतृत्व असफल भयो, अब फेर्नुपर्छ’

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।.....

हिम्मत भए निर्वाचन खारेज गर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्व सरकारले सुरुवातमा नै प्रमुख.....

कांग्रेस जोगाउन नेतृत्व फेर्नुपर्छ : सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक.....

अति गरे अाेली सरकारकाे क्षति हुन्छ : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले.....

Popular Posts