नेपालमा करीब एक लाख मानिस दृष्टिविहीन

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार १४:४१

काठमाडौं । नेपालमा करीब एक लाख मानिस दृष्टिविहीन रहेको एक तथ्याङ्कले देखाएको छ । विश्व दृष्टि दिवसको पूर्वसन्ध्यामा तिलगंगा आँखा प्रतिष्ठानले राजधानीमा आज पत्रकार सम्मेलन गरी कुल जनसंख्याको शून्य दशमलव ३५ प्रतिशत मानिसमा अन्धोपन रहेको जानकारी गराएको हो ।

अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका रहेको प्रतिष्ठानले जनाएको छ । अन्धोपना हुनुको मुख्य कारण मोतिविन्दु र योसँग सम्बन्धित समस्या रहेको जनाउदै अस्पतालले हरेक वर्ष नेपालमा करिब ३० प्रतिशत मानिसले आँखा जाँच गराउनुपर्ने आवश्यकता औल्याएको छ ।

आँखा सम्बन्धी समस्यालाई सम्बोधन गर्न सरकारले यसका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता सरोकारवालाले औल्याएका छन् । नेपालमा २२ वटा आँखा अस्पताल, २० वटा आँखा विभाग र ६५ वटा जिल्ला आँखा केन्द्र रहेका छन् । सन् २०२० सम्ममा अन्धोपनलाई २५ प्रतिशत घटाउने विश्व स्वास्थ्य संगठनको लक्ष्य छ ।

विश्वमा झण्डै २८ करोड ५० लाख मानिसहरुमा दृष्टि कम र अन्धोपनाको समस्या रहेको अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीको तथ्याङ्क छ । आँखा स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौ, विश्व दृष्टि दिवस मनाऔं भन्ने नाराका साथ भोली मुलुकभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाईदैछ ।

(Visited 1 times, 1 visits today)

२५ आश्विन २०७४, बुधबार १४:४१ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts