गगन यसरी हप्काए केशव स्थापितलाई, आफैलाई बम हानेर देखाउन चेतावनी

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २१ मंसिर २०७४, बिहीबार १०:०९

काठमाडौं । कांग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले आरोप/प्रत्यारोप र हिंसाको राजनीति अन्त्यका लागि मतदान गर्न आाम मतदातालाई आग्रह गरेका छन्। मैतीदेवीस्थित मतदान केन्द्रबाट मतदान गरेपछि थापाले अब आरोप/प्रत्यारोप र हिंसा नभएर विकासको राजनीति गर्नुपर्ने बताए।

साथै गगन चुनावी स्टन्टका रुपमा आफैँलाई लक्षित गरी वम विस्फोट गराएको भन्ने आरोपप्रति निकै आक्रोशित देखिए। उनले एमालेका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ६ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार केशव स्थापितको नाम नै लिएर भने, ‘आफैँले आफैँमाथि बम हान्यो भनी अनुमान गर्न सजिलो छ, यस्तो अनुमान ज्यादै अमानवीय, क्रुर र असवंदेनशील हो, आफैँ गरेर देखाउनुस् अनि थाहा हुन्छ।’

काठमाडौंका पूर्वमेयरसमेत रहेका स्थापितले विस्फोट शंकास्पद् देखिएको भन्दै छानविन गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए। गगनले आफूलाई भेट्न अस्पताल पुगेका प्रतिस्पर्धी डा. राजन भट्टराईलाई आफ्ना कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति माफी मागिसकेको बताए। ‘मैले उहाँसँग माफी मागिसकेको छु,’ गगनले भने।

गगन चुनावी घरदैलोमा रहेका बेला उनलाई लक्षित गरी सोमबार चपलीमा गराइएको विस्फोटमा परी सामान्य घाइते भएका थिए। सोही दिन उनलाई भेट्न टिचिङ अस्पताल पुगेका वाम गठबन्धनका उम्मेदवार भट्टराईलाई कांग्रेस कार्यकर्ताले दुर्व्यवहार गरी गेटबाटै फर्काएका थिए।

(Visited 1 times, 1 visits today)

२१ मंसिर २०७४, बिहीबार १०:०९ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts