टोटनह्यामको ५ गोल, ह्यारी केनले मेसीलाई पछि पारे

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १२ पुष २०७४, बुधबार ०१:४६

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले साउथह्याम्टनमाथि सानदार जित हात पारेको छ। मंगलबार भएको खेलमा टोटनह्यामले साउथह्याम्टनलाई ५–२ गोलले पराजित गरेको हो।

टोटनह्यामको जितमा ह्यारी केनले ह्याट्रिक गरे। उनले खेलको २२, ३९ र ६७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। इंल्यान्डका स्ट्राइकर केनले सन् २०१७ मा लिग गोल संख्या ३९ पुर्‍याए। उनले सन् १९९५ मा एलन सेररको कीर्तिमान भंग गरे। ब्ल्याकबर्नका एलनले सन् १९९५ मा ३७ गोल गरेका थिए।

केनले क्लब र देशका लागि सन् २०१७ मा ५६ गोल गरे। यो गोल संख्या बार्सिलोनाका अर्जेन्टायन स्ट्राइकर लियोनल मेसीको भन्दा २ बढी हो।

केनबाहेक टोटनह्यामका लागि डेल अलीले ४९ र सन हेउन मिनले ५१ मिनेटमा गोल गरेका थिए। साउथह्याम्टनका बाउफलले ६४ र टाडिकले ८२ मिनेटमा गोल गरे।

जितपछि टोटनह्याम २० खेलबाट ३४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। साउथह्याम्टन समान खेलबाट १९ अंकसहित १४औं स्थानमा छ।

(Visited 1 times, 1 visits today)

१२ पुष २०७४, बुधबार ०१:४६ मा प्रकाशित

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts