‘म बरु पार्टीको चुनाव लड्दिन तर कांग्रेसलाई पहिलो पार्टी बनाएरै छाड्छु’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ पुष २०७४, सोमबार १६:००

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली युवा नेता गगन थापाले निर्वाचनमा कांग्रेसले व्यहोरेको हारको जिम्मेवारी लिनबाट नेतृत्व पछि हट्न नहुने बताएका छन् । कान्तिपुर टेलिभिजनको फायर साइडमा कुराकानी गर्दै थापाले नेतृत्वको दादागिरिका कारण जनताले कांग्रेसलाई पाठ सिकाएको बताउनुभयो । पार्टीको सांगठनिक संरचनालाई छलेर निर्णय गर्ने तथा भ्रातृ संस्थालाई कमजोर बनाउने खेल नै हारको कारण भएको थापाको दावी छ ।

निर्वाचनको हारका बारेमा सभापति देउवाले चुनाव हार्नेहरुले नेतृत्वलाई गाली गरेको भन्दै अनुशासनहीलाई कारवाही गर्ने चेतावनी दिएको सन्दर्भमा थापाले नेतृत्वको अभिव्यक्ति गम्भीर रहेको बताए । उनले निरंकुश व्यवहार र बोली नेतृत्वले प्रस्तुत गर्न आवश्यक नरहेको बताए ।

पार्टी रुपान्तपरण आवश्यक भएपनि नेतृत्वले तत्काल बाटो खाली गर्नुपर्ने अवस्था नरहेको उनले बताए । सभापति शेरबहादुर देउवाप्रति ईंगित गर्दै थापाले निर्वाचनमा हार व्यहोरेकै कारण नेतृत्व छोड भनेर भन्ने अवस्था नरहेको बताए । ‘तपाईहरुका कारण चुनाव हारियो अब छाड्नुस भनेर युवाले माग्ने होइन । पार्टीका लागि नेतृत्वले गरेको योगदानको सम्मान गर्दै अबको पुस्तालाई हस्तान्तरण गर्न उत्प्रेरित गर्नुपर्छ । ’, थापाले भने । महासमिति बैठकबाट विधान संशोधन गरेपछि महाधिवेशन बोलाएर मात्रै नेतृत्व परिवर्तन गर्नुपर्ने थापाको भनाई छ । उनले नेतृत्व परिवर्तनको विकल्प नभएको बताए ।

पार्टीभित्र प्रभावशाली रहेका पाका नेताहरुले कांग्रेसको ईतिहासमा महत्वपूर्ण योगदान रहेको र अब भने अभिभावकीय भूमिकामा बस्नुपर्ने थापाको भनाई छ । सातवटै प्रदेशमा गएर कांग्रेस सुधारको अभियान सञ्चालन गर्ने र कांग्रेस बलियो बनाउन सक्रिय हुने उनले बताए । अबको ५ वर्ष आफूलाए सांसदभन्दा अर्को पद नचाहिने भन्दै थापाले पार्टीको चुनाव जस जसले लडेपनि आफू कांग्रेस बलियो बनाउन लागिपर्ने बताए ।

(Visited 1 times, 1 visits today)

१७ पुष २०७४, सोमबार १६:०० मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts