राजपाले भन्यो – ओली होइन प्रचण्ड प्रधानमन्त्री

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २३ पुष २०७४, आईतवार ०१:४९

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, “मैले पहिलेपनि भनेको छु, आज पनि भन्छु संघीयता, समावेशी–समानुपातिकको पक्षमा काम गरेको लिडर भनेको प्रचण्ड हो, त्यसैले उहाँ प्रधानमन्त्री बन्दा राम्रो हुन्छ ।”

उनले प्रचण्ड र ओलीमध्ये प्रचण्ड नै उदार नेता भएको पनिविश्वास दिलाए । उनले भने, “प्रचण्ड समावेशी, समानुपातिकमा काम गरेको नेता हो। उहाँ लिवरल हुनुहुन्छ ।” खस, बाहुन र क्षेत्री नेताहरुमध्ये संघीयता र समावेशीताको पक्षमा काम गरेको नेता प्रचण्ड भएको उनको भनाई थियो । त्यस्तै उनले वर्तमान सरकारलाई सबै अधिकार भएकोले ढिलो नगरीकन प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने माँग गरे ।

उनले भने, “हामीले त सर्वदलीय बैठकमा पनि भनिदिऔं कि तपाईको सरकार छ, तपाईले नै गर्नुहोस् भनेर म्याण्डेट दिऔं, प्रदेश प्रमुखको नियुक्ती, मिति तोक्ने विषयमा छलफल भएको थियो ।

हामीले त बडा प्रष्ट रुपमा भनिदिएका थियौं कि यस्तो विवादित विषयमा सबैलाई मिसाउने काम गर्नुभएन नि ।” सरकारलाई नै सबैले अधिकार दिएकोले अब तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्ने नेता झाको भनाई थियो ।

उनले केन्द्रिय सरकारमा आफूहरु जाने गणित नभएको पनिजिकिर गरे । यद्धपी उनले समर्थन दिने अवस्थाबन्न सक्नेतर्फ संकेत गरे । उनले भने, “राजपा नेपाल सरकारमा जाने जनादेश छ्रैन् । अहिलेको हाम्रो मत भनेको फोरमसँग मिलेर २ नम्बर प्रदेशमा सरकार बनाउने र संविधान संशोधनको लागि र मधेश आन्दोलनका एजेण्डाहरुलाई पूरा गराउन संघर्ष गर्ने हो, जनताले यीनै दुई वटा काम गर्नको लागि हामीलाई जनादेश दिएका हुन्।”

प्रदेशनम्बर २ को राजधानी जनकपुर कि वीरगञ्ज बनाउने तपाईहरुको के छ विचार भनेर पत्रकार धमलाले सोधेको एक प्रश्नमा उनले भने,“राजपा र फोरमको बहुमत हुन्छ । पहिले सरकारले तोक्छ । राजपा विनापनि सरकार बन्छ ।

यो काम सरकारको हो । दुईतिहाई पुग्ने अवस्था भयो भने हामी तोक्छौं । अहिले त न म सरकार नै हो, न म प्रदेश सभाको सदस्य हुँ ।” उनले २ नम्बर प्रदेशमा पनि सरकार कसको बन्छ भन्ने प्रश्नमा भने,“हामी प्रयास गरिरहेका छौं ।

फोरमसँग एलायन्स चल्न सक्यो भने राम्रो हो । राजपाले हेराफेरी गर्दैन् । राष्ट्रिय तथा प्रदेशको राजधानीमा के कम्पोजिशन बन्छ । त्यही हुन्छ ।”

(Visited 1 times, 1 visits today)

२३ पुष २०७४, आईतवार ०१:४९ मा प्रकाशित

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts