आइटेल मोबाइलको नेपाली बजारमा १६ प्रतिशत हिस्सा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २३ माघ २०७४, मंगलवार ०७:०९

काठमाडौँ । मोबाइल फोन निर्माता ट्रान्ससन् होल्डिङको आइटेलले नेपाली बजारमा १६ प्रतिशत हिस्सा ओगट्न सफल भएको कम्पनीले दाबी गरेको छ ।

२०१७ को सेप्टेम्बरमा कम्पनीले विधिवत रुपमा नेपाली बजारमा प्रवेश गरेको थियो ।

विगत ३ महिनाको दौरानमा आइटेल ब्राण्डले १६ ५ बजार अंश ओगट्न सफल भएको कम्पनीले जानकारी दिएको छ । यस कुरालाई नेपालको आयात सम्बन्धी तथ्यांकले पनि पुष्टी गर्ने कम्पनीले बताएको छ ।
ट्रान्ससन् नेपालले करिब ४ महिना अगाडि आइटेल, टेक्नो मोवाइल र ओराइमो सेट नेपाली बजारमा भित्र्याएको थियो ।

यी तीन ब्राण्डहरुले बजारमा आफ्नो हिस्सा उल्लेखनीय रुपमा बढाइरहेको र क्यामन आईले पनि छोटो समयमै नेपाली ग्राहकको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।

ट्रान्स्सन नेपालले हालसालै क्यामन आई ब्राण्डका नयाँ मोबाइल सेटहरु नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ ।

फोटो खिच्नको लागि अत्यन्तै उपयुक्त क्यामन सिरिजका यी नयाँ सेटको क्यामेरामा १३ एमपी रियर, क्वाड एल.इ.डी. लेन्स् फ्ल्यास एवं पाँच पी लेन्स् लगायत अन्य विशेषताहरु रहेको छ ।

यस्तै क्यामनका फोनमा भएको पूmल भ्यू डिस्प्ले सुबिधाले भिडियो हेर्न, गेम खेल्न, इन्टरनेट चलाउन र अन्य कार्यहरु गर्न पनि सरल र सहज हुने बताइन्छ ।

इन्सेल डिस्प्लेको प्राविधिक विशेषताले गर्दा यी नयाँ मोबाइल सेटहरु प्रयोग गर्दा उत्कृष्ट टच स्क्रीन अनुभव हुनुका साथै व्याट्रीको पनि कम खपत हुन्छ ।

३ जीबी आर ए एम, ३२ जीवी आर ओ एम एवं १३ जी.एच.जेड. क्वाड कोर प्रोसेसर भएको क्यामन आई पहेंलो, कालो र नीलो रंगमा उपलब्ध छ ।

यो मोबाइल सेटको बजार मूल्य रु. १८,५०० तोकिएको छ ।

(Visited 1 times, 1 visits today)

२३ माघ २०७४, मंगलवार ०७:०९ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts