साँचो प्रेमबारे ओशो के भन्छन् ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २ फाल्गुन २०७४, बुधबार ०१:२७

काठमाडौं । प्रणयको यो महिना फेब्रुवरी प्रेमी प्रेमिकाहरुप्रति समर्पित छ । यो महिना प्रेमी जोडीहले एकअर्कासँग माया र विभिन्न संकल्पहरु साट्छन् । एक अर्कालाई उपहारहरु दिएर खुशी राख्ने प्रयास गर्छन् ।

वास्तवमा प्रेम एउटा अनुभूति हो जसलाई शब्दमा बयान गर्न अप्ठ्यारो हुन्छ । विश्वप्रसिद्ध गुरु ओशोले प्रेमका बारेमा धेरै महत्वपूर्ण कुराहरु बताएका छन् । जुन कुरा थाहा पाउन हरेक प्रेमीहरुलाई अत्यावश्यक छ । ति विचारहरु यसप्रकार छन् ।

१. यी कुराहरुले कुनै महत्व राख्दैनन् कि तपाई कोसँग, कहाँ, किन, कहिले र केका लागि प्रेम गर्नुहुन्छ महत्व राख्ने कुरा त मात्र यति हो कि तपाई प्रेम गर्नुहुन्छ ।

२. प्रेम एकपक्षीय हुन्छ, जो सधैं स्वतन्त्र रहन मनपराउँछ । जसलाई बढ्नका लागि पुरा आकाशको जरुरी हुन्छ ।

३. यो संसारमा मित्रता नै साँचो प्रेम हो । मित्रताको भाव प्रेमको सर्वोच्च रुप हो । जहाँ केहि कुराको माग गरिदैँन, कुनै शर्तहरु राखिदैँन मात्र प्रेम पोखिन्छ ।

४. यदि तपाई प्रेमले र प्रेमको साथमा बाँच्नुहुन्छ भने त्यो नै महान् जिन्दगी हो, किनभने प्रेमले जीवनलाई महान् बनाउँछ ।

५. प्रेमको सर्वश्रेष्ठ सिमा पूर्ण स्वतन्त्रता हो, कुनै पनि सम्बन्धहरु टुक्रिनुको मुख्य कारण स्वतन्त्रतामाथि बन्देज हुनु नै हो ।

६. प्रेम एउटा मादक वस्तु हो । प्रेमीहरुले त्यसको स्वाद लिनुपर्छ, त्यसलाई पिउनुपर्छ, त्योभित्र पूर्णरुपमा डुब्नुपर्छ । तबमात्र प्रेम कस्तो वस्तु हो भनि तपाई थाहा पाउन सक्नुहुन्छ ।

७. मित्रता एउटा चोखो प्रेम र प्रेमको सबैभन्दा उच्चस्तर हो । मित्रतामा कुनैपनि परिस्थितको लागि कसैसँग कुनै आज्ञा लिइदैन । यसमा केवल एकअर्कालाई खुशी भएको देख्ने चाहाना राखिन्छ ।

८. जब तपाई प्रेमको योजना बनाउन शुरु गर्नुहुन्छ, जब तपाईको पूर्ण ध्यान त्यसमा लाग्छ तब यो झूटो र पाखण्डी बन्छ ।

९. प्रेममा सबैभन्दा ठूलो प्रश्न कति पाउन सकिन्छ भन्दा पनि कति भुलाउन सकिन्छ भन्ने हो ।

१०. प्रेम तब साँचो हुन्छ जब कोही पनि एकअर्काको व्याक्तिगत मामिलाम हस्तक्षेप गर्दैन । प्रेममा एकअर्काप्रति सम्मानको भाव हुनु आवश्यक छ ।

(Visited 1 times, 1 visits today)

२ फाल्गुन २०७४, बुधबार ०१:२७ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts