कांग्रेसको भोटले सांसद बनेका बाबुराम बन्लान् त ओलीको अर्थमन्त्री ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहीबार १६:४५

काठमाडौं । वामएकताको घोषणा मात्रै बाँकी रहेको दावी गरेका एमाले र माओवादी अन्ततः दुईतिर फर्किएका छन् । गत असोजदेखि सबैजसो राजनीतिक विषयमा एउटै मञ्चमा उभिएका एमाले र माओवादी सरकार गठनको मञ्चमा भने एउटै मञ्चमा उभिएनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको माओवादी केन्द्र पहिलो दिन नै सरकारमा सहभागि भएन । यसो हुनुमा एमाले माओवादीबीच बढेको तिक्तता प्रमुख कारक रहेको बताइन्छ ।

माओवादीको समर्थनमा सरकार बनाउँदा धेरै मन्त्रालय माओवादीलाई दिनुपर्ने, पार्टी एकताका लागि लचिलो बन्दा वैचारिक मतभेद बढ्ने लगायतका समस्या एमालेमा गुप्त रुपमा देखिएकै थियो । एमालेका केही नेताहरु माओवादीसंग एकताको पक्षमा थिएनन् । माओवादी पनि सम्मानजनक अवस्थामा मात्रै एकता गर्ने मुडमा थियो । सरकार गठन अगाडि एकताको पक्षमा माओवादी रहेपनि एमाले अध्यक्ष ओलीले विहीबार हतारमै सपथ लिएका थिए । यो मात्रै नभएर वैचारिक र सरकारको नेतृत्वको विषयमा कुरा नमिलेको भन्दै माओवादी सरकारमा सहभागि नभएको हो ।

यो बीचमा एमाले तहबाट फोरमलाई सत्ता सहकार्यको लागि प्रस्ताव गरिनु र पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईलाई अर्थमन्त्री बनाएर भएपनि अघि बढ्ने संकेत एमालेले गरेपछि माओवादी संशकित भएको हो । कांग्रेससंग गठबन्धन गरेर निर्वाचित भएका बाबुरामले स्थिर सरकार र समृद्धिको नारा दिएर अर्थमन्त्रीको पद स्वीकार्न सक्ने सम्भावना पनि उत्तिकै छ । यसो भएमा एमालेले संघीय फोरम र बाबुरामको समर्थनमा सरकार बनाउनेछ भने माओवादी विपक्षमा पुग्नेछ ।

 

 

 

 

(Visited 1 times, 1 visits today)

३ फाल्गुन २०७४, बिहीबार १६:४५ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts