ओली बने शक्तिशाली प्रधानमन्त्री !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार ०२:१५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले संसदबाट झन्डै तीन चौथाइ मत प्राप्त गरेका छन्।

संसदमा भएको मत विभाजनमा प्रधानमन्त्री ओलीले पक्षमा २ सय ८ मत प्राप्त गरे। ओलीको विपक्षमा ६० मत खस्यो। मत विभाजनमा कुल २ सय ६८ सांसद सहभागी भए।

ओलीको पक्षमा एमालेसहित माओवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरमका सांसदका साथै तीन स्वतन्त्र सांसदले मत हालेका थिए।

कांग्रेस र नेमकिपाले विपक्षमा मतदान गर्दा नयाँ शक्तिका स्वतन्त्र सांसद बाबुराम भट्टराई भने अनुपस्थित थिए।

यसअघि, एमाले नेता माधवकुमार नेपालले संसद् बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए। त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका दलले समर्थन गरेका थिए।

प्रधानमन्त्री ओलीले प्रतिपक्षलाई समेत विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता संसद् बैठकमा दोहोर्‍याएका थिए।

(Visited 1 times, 1 visits today)

२८ फाल्गुन २०७४, सोमबार ०२:१५ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts