ओली भारतबाट फर्केपछि मात्रै पार्टी एकता हुने भीम रावलको खुलासा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार ०८:३२

धनगढी–नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले एमाले र माओवादीबीच छिटै एकीकरण हुने बताएका छन् । छिटै एकीकरण हुने बताएपनि मिति भने उल्लेख नगरेका रावलले प्रधानमन्त्रीको भारत भ्रमण अघि भने पार्टी एकीकरण नहुने बताए ।

पार्टीको काम विशेषले सात नम्बर प्रदेशमा आएका रावलले आज धनगढी बिमान स्थलमा पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष रावलले सो कुरा बताएका हुन् ।
दुबै पार्टीद्वारा गठीत समितिहरुले आ आफ्नो काम तीब्र गतिमा गरिरहेको र केही दिनमा पार्टीको उच्चस्तरीय प्रतिवेदन संयन्त्रमा बुझाएपछि पार्टी एकीकरण हुने रावलको भनाइ थियो । उनले सञ्चारमाध्यममा आएजस्तो पार्टीको भागबण्डामा कुनै बिमति नरहेको बताउदै दुबै पार्टीका नेतालाई सम्मानजनक रुपमा पद र संख्याको ब्यवस्थापन गरिने बताए ।

एकअर्को प्रसंगमा उपाध्यक्ष रावलले देउवा सरकारले हचुवाका भरमा विभिन्न निर्णय गरी देशको अर्थतन्त्रमा केही अपठ्यारो पारेकोले त्यसलाई स्पीरिटमा ल्याउन केही समय लाग्ने बताए । अर्थमन्त्री  युवराज खतीवडाले हिजो संसदमा पेश गरेको श्वेत पत्रबाट तत्कालीन देउवा सरकारले देशको ढुकुटीमा पारेको असर बारे आमजनतालाई जानकारी भएको बताए ।

नवगठीत सरकारले देशको अर्थतन्त्रलाई मजबूत बनाई पाँच, छ महिनाभित्र आर्थिक विकासमा फड्को मार्ने र तराई, पहाड र हिमालका जनतालाई एकजुट गराई राजनीतिक स्थायीत्व गराउने बताए ।

(Visited 1 times, 1 visits today)

१७ चैत्र २०७४, शनिबार ०८:३२ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts