आज आउदै ओली

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २५ चैत्र २०७४, आईतवार १२:१९

प्रधानमन्त्री केपी ओली भारतको तीन दिने राजकीय भ्रमण सकेर आइतबार साँझ नेपाल फर्कदैछन् । परराष्ट्र मन्त्रालयलका अनुसार नेपाल बायुसेवा निगमको विमानबाट  ओली आज  साँझ सात बजे स्वदेश फर्कदै छन् । त्यसैगरी, आइतबारै स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओलीले उत्तराखण्डस्थित कृषि परियोजना निर्माणको निरीक्षण समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल–भारतबीच १२ वुँदे संयुक्त वक्तव्य जारी भएको छ । संयुक्त वक्तव्यमा दुई मुलुकबीच बहुआयमिक सम्वन्धहरुमाथि बृहत समिक्षा तथा दुवै सरकार, निजी क्षेत्र र जनस्तरमा बढ्दो साझेदारीको स्वागत गर्दै समानता आपसी विश्वास, समान र लाभका आधारमा दुई पक्षीय सम्वन्धलाई नयाँ उचाईमा पुर्याउँन मिलेर काम गर्ने उल्लेख गरिएको छ ।
यस्तै भ्रमणका क्रममा वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकीको प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गरेका छन् । दुवै प्रधानमन्त्रीले मोतिहारी–अमलेखगञ्जको अन्तरदेशीय पेट्रोलियम पाईपलाईनको पनि शिलान्यास गरेका छन् ।

तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द, पूर्व प्रधानमन्त्री मनोमहन सिंह, भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी, गृहमन्त्री राजनाथ सिंहलगायतका राजनीतिक नेता तथा उच्च पदस्थ व्यक्तिहरुसँग भेटबार्ता गरेका थिए ।

५४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार नयाँ दिल्ली पुगेका थिए ।

(Visited 1 times, 1 visits today)

२५ चैत्र २०७४, आईतवार १२:१९ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts