डिपिएल : काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलवार ०६:४०

धनगढी, २७ चैत ।

 धनगढी प्रिमियर लिग( डिपिएल ) क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो ।

काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए । उनले २३ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ३८ बलमा एक छक्का र दुई चौकासहित ३६ रन बनाए । पुष्प थापाले अविजित १६ तथा भूपेन्द्र थापाले १० रन बनाए ।

बलिङतर्फ धनगढीका लागि सोमपाल कामी र ललितसिंह भण्डारीले दुई÷दुई तथा रोहन मुस्तफा, सुनिल धमला र सम्साद शेखले एक÷एक विकेट लिए ।

अहिले धनगढीले जवाफी ब्याटिङ गरिरहेको छ । धनगढीले १३ ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन बनाएको छ । रोहन मुस्तफा ३३ र सुनिल धमला १३ रन बनाएर आउट भएका छन् ।

(Visited 1 times, 1 visits today)

२७ चैत्र २०७४, मंगलवार ०६:४० मा प्रकाशित

शीर्ष खबर

सबै

तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौं । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको.....

पैँतीसबुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

काठमाडौँ । पैँतीसबुँदे घोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ सम्पन्न भएको छ । यही.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts