गीत संगीतका स्टारको स्टार : संगीत स्टार २०१८’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २९ चैत्र २०७४, बिहीबार ०७:१३

काठमाण्डौ ।

तपाइृ गायन तथा नृत्य विधामा भविष्य खोजीरहनु भएको छ ,? वा आफु सँग कला,क्षमता र रुची हुदाहुदै पनी अवसर पाउनुभएको छैन ? त्यसो भए तपाइलाइ स्टार बन्ने एक मौका बन्न सक्छ ‘संगीत स्टार २०१८ ।
गायन तथा नृत्य विधामा संभावना भएका प्रतिभाहरुलाई स्थान दिने उद्देश्यका साथ संगीत स्टार २०१८ सुरु भएको छ । संगीत फिल्मस् को आयोजनामा हुँदै गरेको संगीत स्टारको दोश्रो संस्करणको केहि जिल्लामा अडिसन समेत सम्पन्न भईसकेको छ

पोखरा, बुटवल, नेपालगञ्ज, बनेपा, सिन्धुली, धनगढी, भैरहवा र काठमाडौँमा अडिसन हुन बाँकी

कार्यक्रम निर्देशक संगीत बस्यालले लुकेर रहेका क्षमतावान प्रतिभाहरुलाई ुपर्फेक्ट आर्टिस्टु बनाउने उद्देश्यका साथ संगीत स्टारको दोश्रो संस्करण सुरु गरेको बताए । जस अन्तर्गत पुर्वी नेपालको बिराटनगर, ईटहरीसँगै चितवन, हेटौँडा लगायतका ठाउँमा पहिलो चरणको अडिसन सम्पन्न भईसकेको छ । देशमा मुख्य मानिने १२ शहरमा अडिसन गर्ने घोषणा सहित सुरु भएको संगीत स्टारको दोश्रो संस्करणमा अब पोखरा, बुटवल, नेपालगञ्ज, बनेपा, सिन्धुली, धनगढी, भैरहवा र काठमाडौँमा अडिसन हुन बाँकी छ । अडिसन हुन बाँकी उल्लेखित स्थानहरुको लागी पनि मिति तय हुने क्रम चलिरहेको बस्यालले बताए ।

४ बर्षदेखि ६५ बर्षको उमेर समुहका जो कोहिले सहभागीता जनाउन सक्ने संगीत स्टारको विभिन्न शहरमा हुने अडिसनबाट पहिलो चरणमा ३० प्रतिभालाई छनोट गर्ने र त्यसपछि एक अर्को शहरसँगको समन्वयमा ३० कै जोडघटाउको आधारमा प्रतिभाहरु छनोट गरिने आयोजकले बताएको छ । यसको बारेमा विस्तृत विवरण संगीत स्टार २०१८ को अफिसियल वेभसाइट र फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।

नृत्य र गायन दुबै विधामा एकसाथ सुरु भएको अडिसनमा गायनतर्फ संगीतकार रेखा पौडेल र डान्स तर्फ कोरियोग्राफर राजेन्द्र कमल राई मुख्य निर्णायकको रुपमा रहेका छन् । पहिलो चरणको अडिसनमा हरेक शहरबाट दोश्रो राउण्ड सकिएसँगै तेश्रो राउण्डदेखि ३० प्रतिशत भोटिङ र ७० प्रतिशत निर्णायकको ुजजमेन्टुको आधारमा र क्रमशः चौथो राउण्डमा ४०र६० प्रतिशतको भोटिङ हुँदै १२ वटै शहरबाट उत्कृष्ट ३० प्रतियोगीलाई काठमाडौं ल्याईनेछ ।

त्यसबाट गायन र नृत्य दुबै विधाको ३०, ३० जना अन्तिम अडिसनको लागी छनोट हुनेछन् । जुन कार्यक्रमको प्रशारण सम्बन्धित शहरका स्थानिय टेलिभिजनसँगै काष्ठमण्डप टेलिभिजनबाट हुनेछ । फाइनल राउण्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत निर्णायकको चयनको आधारमा अर्को चरण प्रवेश दिने बताईएको छ । यो भन्दा पहिले राजधानीमा नै ख्यातिप्राप्त कलाकारहरुको उपस्थितीमा कम्तिमा डेढ महिना विधागत प्रशिक्षण दिईने बताइएको छ ।

विजयीलाई २ लाख नगदसँगै स्कुटर र ८ लाख बराबरको कन्ट्रयाक

उक्त अडिसन अन्तर्गत हरेक हप्ता दुई, दुई जना बाहिरिँदै जानेछन् र त्यसबाट खारिँदै आएका ९नृत्य र गायन० दुबै विधाका उत्कृष्ट प्रतिभालाइ विजयी घोषणा गरिनेछ । विजयीलाई २ लाख नगदसँगै स्कुटर र ८ लाख बराबरको कन्ट्रयाक सहित युकेमा हुने ग्राण्ड सांगितिक कार्यक्रममा प्रमुख आकर्षको रुपमा उपस्थित गराउने आयोजकले बताएको छ ।

यसैबीच कार्यक्रम निर्देशक बस्यालले यो रियालिटी शो मा गायन तथा नृत्यमा प्रयोग हुने सबै गीत संगीतका स्रष्टाहरुलाई उपयुक्त रुपमा रोयल्टी पनि प्रदान गर्ने समेत बताएका छन् । सम्बन्धित गीत, संगीतका स्रष्टाहरुलाई सिधा रुपमा रोयल्टी प्रदान गर्न लागिएको संभवत यो पहिलो शो हुनसक्छ ।

(Visited 1 times, 1 visits today)

२९ चैत्र २०७४, बिहीबार ०७:१३ मा प्रकाशित

शीर्ष खबर

सबै

९ लाख तेस्रो लिङ्गी मध्ये १ सय ६७ को मात्रै नागरिकता

काठमाडौं । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला,.....

विधिसम्मत नियुक्ति खारेज गरिएकोमा देउवा रुष्ट

मन्थली । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफू नेतृत्वको सरकारले विधि सम्बत गरेका राजनीतिक नियुक्ती.....

कोशीको बहाव बढ्दो, नआत्तिन प्रशासनको आग्रह

सुनसरी । पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी.....

सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौं । चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान.....

काठमाडौंमा १ सय ४३ स्थानमा पार्किङको व्यवस्था तर समस्या उस्तै !

अच्यूत रेग्मी । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी.....

Popular Posts