प्रदीप गिरिले किन भने – ‘यो अर्थव्यवस्था ध्वस्त हुन्छ’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० बैशाख २०७५, आईतवार ११:२२

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले विप्रेषण (रेमिट्यान्स)बाट चलेको नेपालको अर्थव्यवस्था कुनै पनि दिन ध्वस्त हुने बताएका छन्।

संसद् बैठकमा जारी बजेटको विनियोजन सिद्धान्तमाथिको छलफलमा नेता गिरिले अहिलेको नेपाली अर्थव्यवस्था संवेदनशील अवस्थामा रहेको टिप्पणी गरे।

‘विप्रेषणले धानेको र कृषिको योगदान नभएको अहिलेको अर्थव्यवस्था हेर्दा मैले लामो समय यो टिक्ने देखेको छैन’, सांसद गिरिले भने, ‘रोजगारी दिएको देशले नाकाबन्दी गरेमा, कामदार लिन बन्द गरेमा वा रोजगार खोसिएको अवस्थामा अर्थतन्त्र कसरी सञ्चालन हुन्छ?’

विदेशीले बनाएको सिद्धान्तकै आधारमा बजेट निर्माण हुन लागेको भन्दै सांसद गिरिले नेपालमा आफैंले सिद्धान्त निर्माण नगरी विदेशीको भर पर्ने गरिएकाले समस्या निम्तिएको उनको भनाइ छ।

‘बेलायतमा जन्मेका एडम स्थितले अर्थशास्त्रको यस्तो सिद्धान्त लेखे’, उनले भने ‘त्यो नेपालका लागि कामलाग्दो छ वा छैन भन्ने खोजी नै गरिएन।’

उनले नेपालको सन्दर्भमा गाउँमा लगानी गर्ने नीति लिनुपर्नेमा जोड दिए। शहर दलाल र पुँजीपतिको बसोबास हुने क्षेत्र भएकाले गाउँमा बजेट लगानी गरी श्रम गर्ने मानिसलाई सुविधा दिने नीति लिनुपर्नेमा उनले जोड दिए।

‘हामीले विदेशको अर्थशास्त्र पढेर सिद्धान्त बनाएका छौं, नेपालको अर्थतन्त्रबारे कसैले लेखेको पाएको छैन’, गिरिले भने, ‘हामीले गाउँलाई प्राथमिकता दिने मोडलमा अब जानुपर्छ। विप्रेषणको बलमा उभिएको अर्थतन्त्र कुनै पनि दिन समाप्त हुन्छ।’

उनले गाउँहरु आर्थिक रुपमा मजबुत भएमा शहर पनि धानिने र अर्थतन्त्र बलियो हुने बताए। शहर दलाल र पुँजीपतिको बसोबास हुने क्षेत्र भएको भन्दै उनले थपे, ‘गाउँबाट यथेष्ट उत्पादन हुनसके उनीहरुले उचित मूल्य तिरेर खानेछन् र हाम्रो अर्थव्यवस्था दिगो हुनेछ।’

तराईको उर्वर भूमि रहेको २ नम्बर प्रदेश समेत कृषिको भरमा नचलेको गिरिले बताए।

दोस्रो विश्वयुद्धपछि धेरै देश पराधीन भएको भन्दै नेता गिरिले आर्थिक रुपमा नयाँ मोड समात्न नेपाल पनि चुकेको टिप्पणी गरे।

‘अहिले समृद्ध भएका कतिपय देशहरु विश्वयुद्धपछि अलग्गै अर्थतन्त्र निर्माण गर्न जुटेका थिए’, उनले भने, ‘हामीले पनि उक्त समयदेखि नै अलग्गै अर्थतन्त्र निर्माण गर्नुपर्ने थियो, तर हामी चुक्यौं।’

अब विकासको अवधारणा परिर्वतन हुन जरुरी रहेको औंल्याउँदै उनले मुलुकको उन्नतिको एकमात्र मापदण्ड आर्थिक वृद्धिदर मात्र हुन नहुने उनले बताए। बजेटको प्राथमिकता हेर्दा उच्च आर्थिक वृद्धिदर हासिल हुने भनेर जोड दिइएको भन्दै उनले सुझाए, ‘समानता ल्याउन पनि बजेट छुट्याउन म अर्थमन्त्रीलाई आग्रह गर्छु।’

(Visited 1 times, 1 visits today)

३० बैशाख २०७५, आईतवार ११:२२ मा प्रकाशित

शीर्ष खबर

सबै

आजबाट मलमास सुरु, यी काम झुक्किएन पनि नगर्नुहोला !

काठमाडौं । जेठ २ गते अर्थात आजबाट मलमास अर्थात पुरुषोत्तम मास सुरु भएको छ । अब अधिकमास? के–के गर्न हुँदैन ? यस्ता जनजिज्ञासाहरू यत्रतत्र सुनिन थालेका छन् । आखिर के हो त अधिकमास ? कुनै कुनै वर्षहरूमा अधिकमास किन.....

कांग्रेस संसदीय दलमा मिनेन्द्रदेखि देवेन्द्रसम्म सर्वसम्मत

काठमाडौं । कांग्रेस संसदीय दलको कार्यसमितिका सदस्यहरू मंगलबार निर्विरोध निर्वाचित भएका छन् । पार्टीको शीर्ष.....

यातायात समितिका नाममा रहेको सम्पत्ति खोज्दै सरकार

काठमाडौं । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर.....

नेपाली कांग्रेस धनुषामा सर्वसम्मत

जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको १३औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको.....

वाराणसीमा निर्माणाधीन आकासेपुल भत्कियो, १२ जनाको मृत्यु

भारत । भारतको वाराणसी जिल्लामा सडकमा निर्माणाधीन आकासेपुल भत्किँदा १२ जनाको मृत्यु भएको छ। अन्य केही व्यक्ति.....

Popular Posts