बट्लरको प्रेरणामा राजस्थानको जित

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार ०३:०४

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार बेलुका भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले मुम्बईमा भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको हो ।

मुम्बईले प्रस्तुत गरेको १६९ रनको लक्ष्य राजस्थानले १८ ओभरमा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो । राजस्थानका जोस बट्लरले ५३ बलमा ९ चौका र पाँच छक्काको सहयोगमा नटआउट ९४ रन बनाए । यस्तै अजिन्क्या राहाणेले ३६ बलमा ३७ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले ६ विकेटको क्षतिमा १६८ रन बनायो । उसका लागि एविन लुइसले ४२ बलमा ६०, सूर्यकुमार यादवले ३१ बलमा ३८ तथा हार्दिक पाण्डेयले २१ ब्लमा ३६ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन ।

Jos Buttler जितपछि पाँचौँ स्थानको राजस्थानको १२ खेलबाट १२ अंक भएको छ । यस्तै छैटौँ स्थानमा रहेको मुम्बईको १२ खेलबाट १० अंक रहेको छ ।

(Visited 1 times, 1 visits today)

३१ बैशाख २०७५, सोमबार ०३:०४ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts