चन्द्रगढी र धनगढी विमानस्थलमा पनि आइएफआर प्रविधि

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १४ जेष्ठ २०७५, सोमबार ०७:१५

काठमाडौं । विमान उडानका लागि आधुनिक प्रविधि मानिएको इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आइएफआर) प्रविधि जडान हुने विमानस्थलकाे संख्या ७ पुगेकाे छ। पछिल्लाे पटक चन्द्रगढी र धनगढी विमानस्थलमा स्याटेलाइट अाधारित अाइएफअार कार्यान्यवनमा अाएसँगै याे संख्या ५ बाट ७ पुगेकाे हाे। मुलुकभरि कूल २९ विमानस्थल सञ्चालनमा छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले १०० दिने कार्ययोजनामा उल्लेख गरे बमोजिम यी विमानस्थलमा अाइएफअार लागू गरिएकाे हो। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै ५ वटा विमानस्थल आइएफआर प्रविधिमा गइसकेका छन्।

आइएफआर प्रविधि लागू गरिएका अन्य विमानस्थलहरुमा गौतमबुद्ध, विराटनगर, सिमरा र नेपालगन्ज छन्। त्रिभुवन विमानस्थलसँगै यी पाँच विमानस्थलमा ग्राउन्ड आइएफआर प्रविधिमा आधारित भएर उडान र अवतरण गरिरहेका छन्। धनगडी र चन्द्रगडीमा भने स्याटलाइट आधारित आइएफआर प्रविधि लागू गरिएको छ।

चन्द्रगडीमा दिउँसो र धनगडी विमानस्थलमा दिन–रात दुवै समयमा आइएफआर प्रविधिबाट उडान सुरु भइसकेको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता वीरेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए। जेठ ९ गते प्राधिकरणका महानिर्देशक सन्जीव गौतमसहित प्रधिकरणको टोली झापाको चन्द्रगडी पुगेर आइएफआर प्रविधिबारे सार्वजनिक सुनुवाई गरेको थियो।

आइएफआर प्रविधि आधारित हुँदा थोरै भिजिबिलिटीमा समेत उडान–अवतरण गर्न सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिए। नागरिक उड्डयनमा नियमनका लागि अन्तर्राष्ट्रिय रुपमा दुई किसिमका प्रविधि अस्तित्वमा छन्। ती मध्ये आइएफआर सुरक्षाको दृष्टिमा बढी भरपर्दो मानिन्छ।
भिज्वल फ्लाइट रुल (भिएफआर) प्रविधिमा उडान गर्नका लागि ५ किलोमिटर भिजिविलिटी अनिवार्य हुनुपर्छ। त्योभन्दा कम भएमा यो प्रविधिबाट उडान गर्न सकिँदैन।

(Visited 1 times, 1 visits today)

१४ जेष्ठ २०७५, सोमबार ०७:१५ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts