बजेटमा भुँइफुट्टावर्ग हावी भएको पूर्व अर्थमन्त्रीको आरोप

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार ११:१३

काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटमा विपीले इंगित गरेका भुइफुट्टा वर्गको विकासमा ध्यान दिइएको टिप्पणी गरेका छन्। उनले आयातमा बढी प्राथमिकता दिनेगरी बजेट आएको भन्दै ‘भुइफुट्टा’ को संज्ञा दिएका हुन्।

शुक्रबार संसदमा उखान टुक्का नहुनु बजेटको विशेषता भएको दाबी गरेका कार्कीले देशलाई समृद्ध हुनेगरी बजेट आउन नसकेको बताएका हुन्। ‘हाम्रो देशमा भुइफुट्टा हाबी छ, बजेटमा पनि भुइफुट्टा वर्गको ध्येय पूरा गर्न केन्द्रित देखिएको छ’ कार्कीले भने। उपभोग्य सामाग्रीको आयात कमगर्नलाई प्राथमिकता नदेखाएको कार्कीले आरोप लगाए।

उनले प्रधानमन्त्री र राष्ट्रपतिको नाममा खडा गरिएका कोषबाट कार्यकर्ता पोष्न खोजिएको आरोप समेत लगाएका छन्। करको दायारा नबढाएर मध्येवर्ग नेपालीलाई कर बढाइएको उनले बताए। साथै बजेट अघिल्लो सरकारले भूकम्पपीडित जनतालाई राहत दिन बढाएको एक लाख रुपैयाँका विषयमा नबोलेको भन्दै आपत्ती समेत जानएका छन्।

(Visited 1 times, 1 visits today)

१८ जेष्ठ २०७५, शुक्रबार ११:१३ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts