दरबार हत्याकाण्डको १७ वर्ष पूरा, राजतन्त्र हट्यो शंका हटेन !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार ०३:३३

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको १७ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको हत्याकाण्ड भएको थियो।

शुक्रबार राति नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको पारिवारिक जमघटका बेला राजा वीरेन्द्रसहित रानी एेश्वर्य राज्यलक्ष्मी, छोरा युवराज दीपेन्द्र, छोरा राजकुमार निराजन र छोरी राजकुमारी श्रुति मारिएका थिए।

घटनामा वीरेन्द्रका भाइ राजकुमार धीरेन्द्र, बहिनीहरू राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, र ज्वाइँ कुमार खड्गलगायत राजपरिवारका अन्य सदस्यहरूको हत्या भएको थियो। राजा वीरेन्द्रको निधन भएपछि अस्पतालमा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो।

जेठ २२ मा उनको मृत्युको घोषणा गरिएसँगै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए। उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रले त्यो छवि कायम राख्न सकेनन्। परिणामस्वरूप नेपालमा राजतन्त्र धेरै समय रहेन। हत्याकाण्डको सात वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको समाप्ति भई गणतन्त्रको उदय भयो।

उच्च सैन्य घेराभित्र रहेको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको रहस्य अहिलेसम्म खुल्न सकेको छैन। तत्कालीन प्रधानन्यायाधीश, सभामुख सहभागी उच्चस्तरीय छानबिन समितिले सो घटनाको दोषी दीपेन्द्रलाई देखाई प्रतिवेदन सार्वजनिक गरेको थियो। देवयानी राणासँगको प्रेमका कारण युवराज दीपेन्द्रले हत्याकाण्ड मच्चाएको प्रतिवेदनको सार थियो।

(Visited 1 times, 1 visits today)

१९ जेष्ठ २०७५, शनिबार ०३:३३ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts