बिनोद चौधरी भन्छन् – बजेटमा सरकार चुक्यो

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार ०३:४२

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले पूर्वाधारमा लगानी गर्ने र विकास खर्च गर्ने सरकारको नीति नआएको भन्दै बजेट सफल हुनेमा शंका रहेको बताएका छन्।

आयातमा निर्भर नेपालको अर्थनीति विस्थापित गर्दै निर्यातमुखी बजेट ल्याउनुपर्नेमा उक्त अवसरवाट सरकार चुकेको चौधरीले बताए।

आर्थिक वर्ष २०६१/०६२ सम्म आयात-निर्यातको अनुपात ७०:३० रहेकोमा अहिले ९४:६ मा पुगेको भन्दै उनले हाल सरकारले लिएको आर्थिक नीति नसच्याए देशको व्यापार शतप्रतिशत आयातमा नै निर्भर हुने बताएका हुन्।

‘हामीले जुन बाटो रोजेका छौं, त्यो बाटो तत्काल सच्याएनौं भने हाम्रो ट्रेड शतप्रतिशत आयातमा निर्भर हुनेछ,’ उनले भने, ‘यसको उपचार सानोतिनो ओखतीमूलो हुनेछैन, ठूलो शल्यक्रिया आवश्यक देखेको छु।’

‘फ्याक्ट्री अफ द वर्ल्ड’ मानिने भारत र चीनसँग नेपालले उत्पादनमा प्रतिस्पर्धा गर्न कठिन रहेको भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने उनले बताए। भारतसँगको व्यापार घाटा अन्त्यका लागि नेपालबाट बिजुली बेच्नुको अर्को विकल्प नभएको चौधरीले बताए। ‘भारतसँगको व्यापार घाटा सच्याउने एउटामात्र उपाय पानीको व्यापार हो,’ चौधरीले भने, ‘५ हजार मेगावाटको कुनै आयोजना भारतलाई वर्तमान मूल्यमा बेच्न सकेमा अहिलेको व्यापार घाटा तत्काल पूर्ति गर्न सकिन्छ।’

चौधरीले राज्यको खर्च गर्ने क्षमता वृद्धि नभएसम्म जति ठूलो अंकको बजेट विनियोजन गरे पनि विकास नहुने तर्क गरे।

(Visited 1 times, 1 visits today)

१९ जेष्ठ २०७५, शनिबार ०३:४२ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts