कांग्रेस केन्द्रीय सदस्यमा घर्ति, खड्का र हुमागाई मनोनित

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २४ जेष्ठ २०७५, बिहीबार ०९:३६

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबमहादुर देउवाले केन्द्रीय सदस्यमा तीनजनालार्इ मनोनित गरेका छन् । देउवाले दिलबहादुर घर्ती, शिला खड्का र शिव हुमागाईंलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले तीन जनालाई सभापतिले केन्द्रीय सदस्यमा मनोनित गरेको र अब एक जना मनोनित हुन बाँकी रहेको जानकारी दिए । मनोनित भएकी शिला खड्का स्वर्गीय नेता खुमबहादुर खड्काकी पत्नी हुन् भने हुमागाईं काभ्रे कांग्रेसका पूर्व सभापति हुन् । त्यस्तै घर्ती भने १२ औं महाधिवेशनपछि केन्द्रीय सदस्य थिए । कांग्रेस केन्द्रीय समितिमा २१ सदस्य मनोनित हुनुपर्नेमा अझै एक सदस्य मनोनित हुन बाँकी छ ।

देउवाले महासमिति सदस्यमा पनि तीन जनालाई मनोनित गरेका छन् । पूर्व सभामुख दमनाथ ढुंगाना, तीर्थराम डंगोल र हिरादत्त भट्टलाई देउवाले नियुक्त गरेको देउवाका स्वकीय भानु देउवाले जानकारी दिए । ढुंगाना र डंगोल काठमाडौंका हुन् । दत्त कन्चपुरका हुन् ।

(Visited 1 times, 1 visits today)

२४ जेष्ठ २०७५, बिहीबार ०९:३६ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts