प्रहरीको सेटिंगमा नवलपरासीका नदीको चरम दोहन

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ जेष्ठ २०७५, आईतवार १६:१४

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरी प्रशासनको सहयोगमा विभिन्न खोला नालाहरुको दोहन बढ्दै गएको छ । प्रहरी प्रशासनको सहयोगमा ठेकेदारहरुले नियमविपरित विभिन्न खोलानालाहरुबाट हेभी उपकरणहरु प्रयोग गरी नदीजन्य पदार्थ ( ढुङ्गा , गिटी र बालुवा ) निकालेर प्राकृतिक स्रोत साधन दोहन गर्दै आएको पाईएको हो ।

खोलाबाट नदीजन्य पदार्थ निकल्ने ठेक्का पाएका ठेकेदारहरुले स्थानिय तहदेखी जिल्ला तहसम्मका प्रहरी प्रशासन समेतलाई आफ्नो आर्थिक प्रभावमा पारेर यस्तो कार्यगर्दै आएका छन् । खोलाबाट ढुङ्गा , गिटी र बालुवा निकाल्ने ठेक्का पाएका ठेकेदार पक्षले जिल्लास्थित स्थानिय प्रहरी , वन कर्मचारी, नेपाल प्रहरी , सशस्त्र प्रहरी , राष्ट्रिय अनुसन्धान , जिल्ला समन्वय समिति , जिल्ला प्रशासन कार्यालय लगायतका सबै सरोकारवाला निकायलाई आफ्नो पक्षमा पारेका छन् ।

सो कार्य सफल बनाउने ठेकेदारहरुले विभिन्न नियमनकारी निकाय तथा र सरोकारवालाहरुका मुख्य मुख्य व्यक्तीहरुलाई आर्थिक रुपमा सहयोग गरेर आफ्नो अबैध कामलाई वैध बनाएका छन् । आर्थिक प्रभावमा पारेर ठेकेदारहरुले नियमविपरीत ति खोलानालाहरुबाट नदीजन्य पदार्थ निकालेर खोला नालाको व्यापक दोहन गरेको स्थानियले स्थानिय प्रहरी प्रशासनलाई जानकारी गराएपनि यसको रोकथाम गर्न प्रहरी प्रशासन कानमा तेल हालेर सुचेको अवस्था देखिन्छ ।

सो नियमबिपरीत भएको काम बारे स्थानीयबासीले पटक पटक सरोकारवाला सबै निकायमा जानकारी गराएपनि ति निकायहरुले सो ब्यवस्थापन र नियमन गर्ने जिम्मा अन्य निकायको भदै एक निकायले आर्को निकायले जिम्मेवारी भएको भन्दै आलटाल गर्दै आईरहेका छन् । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितीले विभिन्न खोलानालाहरुबाट नदी जन्य पदार्थ निकाल्न दिएको अनुमतीको वाहानमा अत्यधिक मात्रामा खोला दोहन हुने गरेको पाईएको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका स्थित तुरीया र भुमही पानभार खोलमा एक साताका लागी प्रति दिन आठ घण्टा एउटा खोलामा एउटा मात्र हेभी उपकरणहरु प्रयोग गर्ने अनुमती दिएको छ । यद्यपी सो अनुमतीको ब्यापक फाईदा उठाउदै ठेकेदारहरुले दैनिक १० घण्टा एउटा खोलामा ३ देखी ५ वटा सम्म हेभी उपकरणहरु प्रयोग गरेका छन् । यसरी अबैध रुपमा नियम बिपरित खोलानालाहरुमा अनुमती भन्दा धैरेभन्दा धेरै संख्यामा हेबी उपकरणहरु प्रयोग गरी ( ढुङ्गा , गिटी र बालुवा ) निकालेर प्राकृति स्रोत साधन दोहन गर्दै आएपनि सरोवारला निकाय मुखदर्शक बनेको छ ।

यस बारे दुबै खोलाको कार्य क्षेत्र पर्ने ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले प्रयाप्त मात्रामा सुरक्षाकर्मी नहुदा खोलामा सबै समयमा डिउटी गर्न नसक्दा नियममिचेर ठेकेदारहरुले खोलाको दोहन गर्दै आएको स्वीकार गर्नुभयो ।
विकले भन्नु भयो – हामी सबै टाईम खोलामा डिउटी बस्न नसक्दा हामी वाहीर निस्केको बेला खोला नालाहरुमा मापदण्ड बिपरीत कार्य हुन साथै अनुमतीभन्दा धैरे हेबी उपकरणहरु खोलामा हालेको सुचना आफुसंग रहेको स्विकार गर्नुभयो ।
यस बारे पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सोबारे व्यापक गुनासो आएको स्वीकार गर्दै मातहतका निकायलाई नियमन गर्न निर्देशन दिएको प्रतिकृया दिनुभयो ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितीले पश्चिम नवलपरासीको सुनवल नगरपालिका क्षेत्र भित्र पर्ने तुरीया खोला र पानभार खोलाबाट एक साताकालागी प्रति दिन ८ घण्टाका दरले एक ⁄ एक वटा हेबी उपकरण प्रयोग गरेपनि खोला दोहन नहुने गरी ( ढुङ्गा , गिटी र बालुवा ) निकाल्न अनुमती दिएको थियो । यसबारे जिल्ला वन अधिकृत बिजयराज सुबेदीले ति खोला नालाहरुमा भएको गलग र नियमबिपरितको अनुगमन गर्ने मुख्य ब्यक्तैनै प्रमुख जिल्ला अधिकारी रहेको प्रतिकृया दिनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख एवंम् जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहन खाँडले प्रहरी भन्दा यतिबेला सो कार्य रोक्ने दायीत्व स्थानिय तहको भएकाले सो अबैध कार्य प्रहरीले मात्र हाईने स्थानिय तहलेनै नियन्त्रण गर्नुपर्ने प्रतिकृया दिनुभयो ।

यसैगरी जिल्ला समन्वय समितीका प्रमुख शिबशंकर रायले खोलामा दोहन भएको गुनासो नआएको दाबी गर्नुभयो । ति दुबै खोलाबाट ( ढुङ्गा , गिटी र बालुवा ) निकाल्नकालागी यस अगाबै सुनवल नगरपालिकाले ठेक्का लगाएको छ ।

 

(Visited 1 times, 1 visits today)

२७ जेष्ठ २०७५, आईतवार १६:१४ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts