कार्यकारी राष्ट्रपति प्रणाली कांग्रेसले मान्दैन : कोइराला

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार १०:०९

विराटनगर ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालले कार्यकारी राष्ट्रपति प्रणाली कांग्रेसलाई कुनैपनि हालतमा मान्य नहुने बताएका छन् ।  प्रेस युनियन मोरङले विराटनगरमा बुधवार विहान गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले दुई तिहाइको बलमा कार्यकारी राष्ट्रपति प्रणाली ल्याउन खोजिए कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

बहुजाति, बहुभाषी भएको मुलुकमा कार्यकारी राष्ट्रपति प्रणाली पद्धति  नमिल्ने र जनताले पनि त्यसलाई नस्वीकार्ने  उनको तर्क थियो । नेता कोइरालालले आगामी पाँचवर्षसम्म कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने उल्लेख गरे। कांग्रेस प्रतिपक्षमा वसेपनी विकास र समवृद्धिको एजेण्डामाभने पार्टिको सक्दो सहयोग रहने उनले बताए । एक प्रश्नमा उनले सरकारको विरुद्धमा आन्दोलनगर्ने वेला अहिले नआएको बताए । सरकारले न्यायालयलाई हस्तक्षेपगर्न खोजेको , मुलुकमा दण्डहीनता बढेको  भन्दै त्यसकाविरुद्ध कांग्रेसले एक भएर खवरदारी गर्नुपर्ने उनले बताए ।

नेता कोइरालाले कांग्रेस बिचको गुट गुटका कारण पार्टि कमजोड वन्दै गएकाले कांग्रेसमा एकता आवश्यक रहेको बताए ।  आपसी लडाईका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेकाले अर्लि महाधिवेशन वोलाएर कांग्रेसलाई एक ढिक्का वनाउनुपर्ने उनले बताए ।

उनले सरकारले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई वेवास्ता गरेर एकलौटि रुपमा अघि वढन खोजेको उनले आरोप लगाए । नेता कोइरालाले संघिय सरकार प्रदेश सरकारलाई दिएको वजेटे थोरै भएकाले  संघियता कार्यान्वयमा समस्यापर्ने वताए । उनले संघियता कार्यान्वयनसंगै सवै हक अधिकार अव प्रदेश र स्थानियतहा आई सकेको अवस्थामा संघिय सरकारले प्रदेस सरकारलाई बजेट विनियोजितगर्न कन्जुसाईगर्न नहुने उनको भनाई थियो ।

(Visited 1 times, 1 visits today)

३० जेष्ठ २०७५, बुधबार १०:०९ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts