इन्डोनेसियामा फेरी डुब्दा २९ को मृत्यु, ३१ जना यात्रु हराए

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २० असार २०७५, बुधबार ०८:३०

जकार्ता । इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना अझै पनि हराइरहेका समाचारमा जनाइएको छ । उक्त फेरिमा १४० जना यात्रु रहेका बताइएको छ । सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मङ्गलबार साँझ एउटा यात्रुवाहक फेरी दुर्घटनामा परेको सरकारी अधिकारीले जनाएका छन् ।

उक्त सामुद्रिक किनारा इन्डोनेसियाको जाभा प्रान्तको उत्तरतर्पm पर्छ । जाभा यहाँको धेरै जनसङ्ख्या भएको टापूक्षेत्र हो । यहाँ प्राकृतिक प्रकोपका धेरै घटना हुने गरेका छन् ।

यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार उक्त फेरीमा १४० जना यात्रु रहेका र २९ जनाको शव प्राप्त भएको छ । अरु ३१ जना हराइरहेका छन् ।

बुधबार बिहानसम्म पनि हराएका यात्रु भेटिएका छैनन् । उनीहरुलाई जिवीतै उद्धार गर्न सकिने सम्भावना अत्यन्तै कम रहेको अधिकारीहरुले जनाएका छन् ।

ती अधिकारीहरुका अनुसार दुई हप्तामात्र अघि पनि सुमात्रा टापूनजिकै भएको यस्तै अर्काे फेरि दुर्घटनामा १६० जना हराएका थिए । उनीहरुमध्ये केहीको मात्र उद्धार भएको थियो ।

प्रकृतिक प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरुले प्रहरीसहित ठूलो सङ्ख्याका उद्धारकर्मी परिचालन गरिएको जनाएका छन् ।

(Visited 1 times, 1 visits today)

२० असार २०७५, बुधबार ०८:३० मा प्रकाशित

विशेष

सबै

देउवाविरुद्ध पौडेल– सिटौला आक्रामक, शंशाक चुपचाप के को तयारीमा ?

समाजखबर, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र शशांक कोइराला एकै ठाउँ उभिएको भए यतिबेला कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विराजमान नहुन सक्थे । तर.....

ढाड सेक्नेगरी बढ्यो कर, हेर्नुस् के मा कति बढ्यो ?

काठमाडौं । काठमाडौं । मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका.....

कांग्रेसको प्रदेश समिति अझै बन्न सकेन

काठमाडौं । मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन ।.....

कम्युनिष्टलाई मार्क्सवाद पढाउने कांग्रेस नेता !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् ।.....

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

काठमाडौं । भारतीय राज्यसभाका सदस्यहरुले अब नेपाली र मैथिली भाषमा पनि बोल्न पाउने भएका छन्। राज्यसभाका सभापति एम.....

Popular Posts