गोविन्द केसीको मागमा कांग्रेसको समर्थन, निषेधाज्ञा तोड्ने निर्णय

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २० असार २०७५, बुधबार ०८:५७

काठमाडौं । प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसले ३ सांसद जुम्ला पठाउने भएको छ।

चिकित्सा शिक्षा तथा सरकारका निषेधाज्ञा लगायतका विषयलाई लिएर जुम्लामा अनशनरत डाक्टर केसीलाई कांग्रेसले एक्यबद्धतासमेत जनाउने छ। जुम्ला जाने सांसदको नाम दिउँसो तय हुने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।

त्यसैगरी वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न पनि ३ सदस्यीय सांसदको टोली पठाउने कांग्रेस संसदीय दलको निर्णय छ।

आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले मृल्यवृद्धि र निष‍ेधित क्षेत्रको विषयमा पनि संसदमा आवाज उठाउने निर्णय गरेको छ। त्यसैगरी चिकित्सा शिक्षा विधेयकको विरोधसमेत गर्ने खाणले जानकारी दिए।

(Visited 1 times, 1 visits today)

२० असार २०७५, बुधबार ०८:५७ मा प्रकाशित

विशेष

सबै

देउवाविरुद्ध पौडेल– सिटौला आक्रामक, शंशाक चुपचाप के को तयारीमा ?

समाजखबर, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र शशांक कोइराला एकै ठाउँ उभिएको भए यतिबेला कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विराजमान नहुन सक्थे । तर.....

ढाड सेक्नेगरी बढ्यो कर, हेर्नुस् के मा कति बढ्यो ?

काठमाडौं । काठमाडौं । मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका.....

कांग्रेसको प्रदेश समिति अझै बन्न सकेन

काठमाडौं । मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन ।.....

कम्युनिष्टलाई मार्क्सवाद पढाउने कांग्रेस नेता !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् ।.....

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

काठमाडौं । भारतीय राज्यसभाका सदस्यहरुले अब नेपाली र मैथिली भाषमा पनि बोल्न पाउने भएका छन्। राज्यसभाका सभापति एम.....

Popular Posts