उमेर १४ वर्ष , तौल २ सय ३७ किलो !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २१ असार २०७५, बिहीबार ०८:४८

मिहिर जैन हाल १४ वर्षका भए तर यो कलिलो उमेरमै उनको तौल भने २३७ किलो रहेको छ ।

बढी तौलको कारण उनी हिँड्डुल गर्न सक्दैनन् ।

साथै उनलाई श्वास फेर्न पनि अफ्ठ्यारो हुन थालिसकेको छ । यही कारण उनले अब अस्पतालमा तौल घटाउने अप्रेशन गर्दै छन् ।

भारतीय उनी जचाउन गएको अस्पतालले उनलाई विश्वको सबैभन्दा बढी तौल भएको किशोर भनेर पहिचान गरेको छन् ।

उनको शरीर पिण्ड सुचक(बीएमआई) ९२ केजी÷वर्ग मिटर रहेको छ । बीएमआईलाई शरिर पिण्डलाई शरिरको उचाईको प्रति वर्ग भाग लिन्छन् । सामान्य बीएमआई १८–२२.५ किलोवर्ग मिटर हुन्छ । ३२.५ किलावर्ग मिटर बीएमआई मोटोपन भएको मानिन्छ ।

६० किलोवर्ग मिटरको बीएमआईलाई भने अत्यधिक मोटोपन भएको मानिन्छ । अप्रेशनको तयारीको लागि पहिले त उनलाई खाना बारेर ४० किलो घटाउन लगाइयो । यसका लागि अस्पतालले उनको ग्यास्ट्रिक बाइपास सल्यक्रिया गर्‍यो ।

जसका कारणले खानाको मात्रामा नियन्त्रण भयो साथ साथै शरीरले लिने क्यालोरीको मात्रामा पनि कमी आयो । यो कुरा अस्पतालले मंगलबार जारी गरेको एक वक्तव्यमा उल्लेख छ । हाल मिहिरले ब्यायाम गर्न थालेका छन् । साथै सुधार भएर कुनै दिन सामान्य तौलको भएर स्कुल फर्कने सपना देख्न थालेका छन् ।

(Visited 1 times, 1 visits today)

२१ असार २०७५, बिहीबार ०८:४८ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts