मलेसियामा २ सय नेपाल पक्राउ परे

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २१ असार २०७५, बिहीबार १०:१२

मलेसिया । मलेसिया सरकारले गैरकानुनी रुपमा बसिरहेका आप्रवासी कामदार पक्रिने अभियान अन्तर्गत हालसम्म २ सय नेपालीसहित १४ सय जना विदेशी आप्रवासीलाई पक्राउ गरेको छ। गैरकानुनी रुपमा बसेर काम गरिरहेका २ सय नेपाली पक्राउ परेका मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ।

दूतावासले अवैधानिक रुपमा बसेर काम गरिरहेका नेपालीलाई तत्काल दूतावासको सम्पर्कमा आउन समेत अपिल गरेको छ। दूतावासका अनुसार पक्राउ परेका कामदारको मुद्दाको टुंगो लागेपछि मात्रै नेपाल फर्काइने छ।

हाल अवैधानिक रुपमा बसेर काम गरिरहेका के–कति नेपाली धरपकडमा परेका छन् भनेर विवरण लिने काम भइरहेको मलेसियास्थीत नेपाली दूतवासका कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिए। मलेसिया सरकारले दिएको समयसीमामा स्वदेश फर्किन दूतावासले सहयोग गर्ने भन्दै कार्यवाहक राजदूत खरेलले यो समयमा नेपाल फर्किएमा प्रहरी फन्दामा नपर्ने भन्दै सचेत गराए।

यसरी पक्राउ परेका आप्रवासी कामदारलाई ८ देखि १० हजार रिंगेट जरिवाना र दुई महिनासम्मको जेल हुनसक्ने मलेसिया सरकारको कानुनी व्यवस्था छ।

(Visited 1 times, 1 visits today)

२१ असार २०७५, बिहीबार १०:१२ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts