सावधान ! पार्किङ गरेको सवारीबाट सामान हराउला

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २१ असार २०७५, बिहीबार १५:४६

ललितपुर । प्रहरीले पार्किङ गरेका स्थानबाट सवारी साधन र सवारीका पार्टपूर्जा चोरी गर्नेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

पार्किङ गरेको स्थानबाट स्कुटर चोरी गर्ने अभियुक्त पर्सा घर भई सानेपा बस्ने विजेश राउतलाई प्रहरीले गत शनिबार पक्राउ गरेको हो । यही असार १३ गते बिहान ज्वागलबाट कल्याण पन्तको पार्किङ गरिरहेको मोटरसाइकल चोरी भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । परिसरको अनुसन्धान शाखाले अनुसन्धान गर्दा स्कुटर फेला परेको प्रवक्ता (प्रहरी नायब उपरीक्षक) नरेन्द्र चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अनुसन्धानका क्रममा एक सातामा स्कुटर फेला पारेका हौँ ।” बा९४प ६००७ नंको स्कुटरको मूल्य रु दुई लाख ३५ हजार छ ।

परिसरले विभिन्न स्थानमा पार्किङ गरेर राखिएका सवारी साधनका सामग्री चोरी गर्नेलाई पनि पक्राउ गरेको छ । मकवानपुर इपा पञ्चकन्याका २६ वर्षीय विनोदकुमार थिङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । उनले सवारी साधनबाट ब्याट्री, डिजेललगायत सामग्री चोरी गरेको अभियोग लगाइएको छ ।
ललितपुरको पटिचोकस्थित साजन पौडेलको महिन्द्रा निशान ट्रकबाट सामग्री चोरी गरेको प्रहरीले जनाएको छ । उहाँले भन्नुभयो, “उनीहरुको चोरी मुद्दामा अनुसन्धान भइरहेको छ ।” जिल्लामा पार्किङ गरेर राखिएका ठाउँबाट सवारी साधन र सवारी पार्टपूर्जाको चोरी बढेको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

२१ असार २०७५, बिहीबार १५:४६ मा प्रकाशित

विशेष

सबै

देउवाविरुद्ध पौडेल– सिटौला आक्रामक, शंशाक चुपचाप के को तयारीमा ?

समाजखबर, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र शशांक कोइराला एकै ठाउँ उभिएको भए यतिबेला कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विराजमान नहुन सक्थे । तर.....

ढाड सेक्नेगरी बढ्यो कर, हेर्नुस् के मा कति बढ्यो ?

काठमाडौं । काठमाडौं । मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका.....

कांग्रेसको प्रदेश समिति अझै बन्न सकेन

काठमाडौं । मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन ।.....

कम्युनिष्टलाई मार्क्सवाद पढाउने कांग्रेस नेता !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् ।.....

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

काठमाडौं । भारतीय राज्यसभाका सदस्यहरुले अब नेपाली र मैथिली भाषमा पनि बोल्न पाउने भएका छन्। राज्यसभाका सभापति एम.....

Popular Posts