नेपालमा सडक दुर्घटनाको डरलाग्दो तथ्य, ५ वर्षमा १० हजारको मृत्यु

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २३ असार २०७५, शनिबार ०१:२०

काठमाडौं । सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षमा देशभर १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । सरकारी तथ्यांकअनुसार प्रत्येक वर्ष दुई हजार सर्वसाधारणको ज्यान दुर्घटनामै जाने गरेको छ ।

यो संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेहरूको भन्दा झन्डै दुई गुणा धेरै हो । तथ्यांकअनुसार मुलुकभर प्राकृतिक विपत्तिबाट मात्रै प्रत्येक वर्ष ९ सय सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४ ७५ को वैशाख मसान्तसम्म मुलुकभर सवारी दुर्घटनाका ९ हजार ५० घटना भए । दुर्घटनामा २ हजार ९७ ले ज्यान गुमाए । १० हजार २ सय ३३ घाइते भए ।

चालकको लापरबाही

सरकारी तथ्यांक विश्लेषण गर्दा मुलुकभर हुने झन्डै ७४ प्रतिशत सवारीसाधन दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको देखिन्छ । तथ्यांकअनुसार पाँच वर्षको अवधिमा मुलुकभर भएका ४६ हजार ७ सय ९२ सवारी दुर्घटनामा ३४ हजार पाँच सय २५ दुर्घटना चालकको लापरबाहीले भएको छ । यो जम्मा दुर्घटनाको ७३.७८ प्रतिशत हो ।

(Visited 1 times, 1 visits today)

२३ असार २०७५, शनिबार ०१:२० मा प्रकाशित

विशेष

सबै

देउवाविरुद्ध पौडेल– सिटौला आक्रामक, शंशाक चुपचाप के को तयारीमा ?

समाजखबर, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र शशांक कोइराला एकै ठाउँ उभिएको भए यतिबेला कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विराजमान नहुन सक्थे । तर.....

ढाड सेक्नेगरी बढ्यो कर, हेर्नुस् के मा कति बढ्यो ?

काठमाडौं । काठमाडौं । मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका.....

कांग्रेसको प्रदेश समिति अझै बन्न सकेन

काठमाडौं । मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन ।.....

कम्युनिष्टलाई मार्क्सवाद पढाउने कांग्रेस नेता !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् ।.....

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

काठमाडौं । भारतीय राज्यसभाका सदस्यहरुले अब नेपाली र मैथिली भाषमा पनि बोल्न पाउने भएका छन्। राज्यसभाका सभापति एम.....

Popular Posts