चलचित्र अनुराग’ को पोस्टर सार्वजनिक

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ असार २०७५, बुधबार १०:०७

काठमाडौं  । असोज १२ गतेलाई प्रदर्शन मिति लक गरिएको पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल पोस्टर सार्वजनिक भएका छन् ।

पोस्टरमा नव अभिनेत्री एलिजा र नव अभिनेता समुन्द्र पण्डितलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । कान्छा दाई र यस्तो साथी बोलका दुई गीत सार्वजनिक भइसकेको अवस्थामा सार्वजनिक पोस्टरले फिल्मप्रतिको उत्सुकता झनै बढाएको छ ।

‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।

ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । अनुरागमा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्मार्ण नियन्त्रक नबिन पुरी रहेका छन ।  भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।

(Visited 1 times, 1 visits today)

२७ असार २०७५, बुधबार १०:०७ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts