सुन्दरीजलमा मकै र मोहीसंगै वीपी विचारको चर्चा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ७ श्रावण २०७५, सोमबार ०२:१८

काठमाडौं । कुनै बेलाको चर्चीत बन्दी गृह अहिलेको सँग्राहलय । नेपाली राजनीतिका लागि ऐतिहासिक स्थल ,सुन्दरीजल । आकाश धुम्म धुम्म परेको आइतबारको दिन सुन्दरीजल संग्राहलय परिसरमा छुटटै रौनक थियो । कारण थियो, वीपी कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा वीपी कोइराला युवा नेतृत्व विकास मन्चले आयोजना गरेको फरक शैलीको कार्यक्रम । विषय थियो, प्रारम्भिक बहस ‘बिपि कोईराला ,लोकतान्त्रिक समाजबाद र आधुनिक नेपाल’ । समाजवादको बहस, समाजवादी शैलीमा भयो । न भडिकलो मन्च, न खचाखच अतिथी न असरल्ल सहभागि । प्रवचक विश्वप्रकाश शर्मा र गुरुराज घिमिरमा मात्र थियो सहभागिको ध्यान । केही छुटला झै ध्यानपुर्वक सुनिरहेका सहभागि कार्यक्रमपश्चात भन्दै थिए, क्या गज्जबको कार्यक्रम । खाजा पनि गज्जबै थियो, मकै भटमास, साँधेको गुन्दुक र मोही । अर्थात,समाजवादको बहस सुन्दरीजलमा समाजवादी शैलीमै ।

न धेरै आसन, न दिक्क लाग्दो भाषण
कार्यक्रमको शुरुवात वीपीले ८ वर्ष जेलजीवन विताएको संग्राहलय परिसरमा मौन धारणबाट शुरु भयो । कार्यक्रमका प्रमुख वक्ता कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र अर्का नेता गुरुराज घिमिरेले संग्राहलयभित्र रहेको वीपीको शालिकमा माल्यार्पण गरे । त्यसलगत्तै वीपीले रोपेको र अमर कृति सिर्जना गरेको रुखको फेदिमा बसे विश्व र गुरु । अरु सहभागि हरियो दुबोमै बसे । केहीबेरमै सारंगी लिएर रुखैको फेदिमा निम्त्याइए रुविन गन्धर्व । दोस्रो जनआन्दोलनका चर्चीत जनगायक गन्धर्वले सारंगी रेटदै शुरु गरे, के म नेपाली होइन र,नेपालको माया छैन र .. उनलाई सहभागिहरुले तालीले साथ दिए । त्यसलगत्तै शुरु भयो वीपी कोइराला, आधुनिक नेपाल र समाजवादको बहस । कार्यक्रम संयोजन गरिरहेका थिए, नेविसंघ केन्दीय सदस्य रघु कार्की ।

सबैलाई एकसाथ आसन, मात्र दुई जनाको प्रवचन

कार्यक्रम शुरु गर्दै नेविसंघ केन्दीय सदस्य कार्कीले अतिथी र सहभागि सबैलाई एकैपटक आसन ग्रहण गर्न आग्रह गरे । कार्यक्रमको उद्धेश्यबारे  मन्चका अध्यक्ष भरत खडकाले छोटो मन्तव्य राखे , माइक्रोफोन कार्यक्रमका प्रवचक गुरुराज घिमिरेलाई हस्तान्तरण गरे । ‘बिपि कोईराला ,लोकतान्त्रिक समाजबाद र आधुनिक नेपाल’ विषयमा घिमिरेले वैचारिक बहसको प्रारम्भ गरेकोमा खुशी व्यक्त गरे । करिब १ घण्टा आफनो विचार राखका उनले वीपीको कोटीको नेता नेपालमा अरु नभएको बताए ।

उनले वीपी कोइराला आफैमा बहुआयामिक रहेको र नेपाली समाजको विविधतालाई राम्री बुझेको नेता भएको बताए । ‘प्रधानमन्त्री रहेकै बेला गिरफतार गरेर वीपीलाई ८ वर्षसम्म सुन्दरीजलमा कारावासमा राखियो । त्यपछि भारतमा कठिन प्रवास काल विताउनुभयो । घाँटीको क्यान्सर ,फेरि सुन्दरीजल, दुई दर्जन जति कृतिको लेखन । राजनीतिमा एउटा मानक स्थापना गर्ने किर्तिमान । यो सामान्य कुरा होइन,’ उनले भने । वीपी राजनीति र साहित्य दुवैको सगरमाथा भएको घिमिरेले बताए । ‘माक्र्सवादले समाजावद भनेको उत्पादनमा सामुहिक स्वामित्वको कायम गरेर वर्गविहिन समाजको स्थापना गर्ने भन्छ । त्यो कति स्थापित भो हामीले देखिसकेका छौं । माक्र्सवाद,लेलिनवादका नाममा भएको समाजवादको प्रयोगले अमानविय प्रकोप झेल्नुपर्यो ’ ,घिमिरेले भने ।

उनले वीपीले समाजवादका दुईवटा पाटा एउटा आर्थीक र अर्को राजनीतिक हुने बताएको भन्दै लोकतान्त्रिक समाजवादबाटै देश अघि बढदा आधुनिक नेपाल सम्भव हुने धारणा राखे । उनले सरकारको अहिलेको गतिविधिको आलोचना गरे । ‘चुनाव जित्नेसँग हार्नेलाई अपमान गर्ने अधिकार हुँदैन , हार्नेलाई पनि जित्नेलाई असहयोग गर्ने छुट हुँदैन । नेल्सन मण्डेलाको शास्वत यो भनाई म स्मरण गर्दछु,’ उनले भने । एउटा निर्वाचनको हारबाट आत्तिन नहुने भन्दै कांग्रेसले चुनाव हारेपनि कांग्रेसको विचारले भने जितिरहेको बताए ।

सत्ताको न्यानोमा बसेर शीरमा रंग हिन स्लाइन भएकालाई ओलीको च्यालेन्ज ?

प्रखर वक्ता घिमिरेले बोलेपछि पालो थियो, विश्वप्रकाश शर्माको । शर्मालाई माइक दिनुअघि फेरि आए रुबिन उही सारंगी बोकेर । बीपीले सोध्लान् नि खै कांग्रेस भन्लान् , थला परो भन्दिय ..रुविन यहि प्रश्न शमाृलाई छोडेर विदा भए ।

घिमिरेले बोलीसक्दा वीपीबारे बोल्ने विषय के नै होला र ? ठान्दै थिए सहभागि । तर, जब शर्माले माइक समाए शर्माले वीपीबारे विश्लेषणात्मक चर्चा त गरेनै मिठो शैलीमा कांग्रेस थला नपरेको बताए । कांग्रेस थला परेको नभई सुध्रने मौका पाएको उनको भनाई थियो । कृष्णप्रसाद कोइरालाले तत्कालिन शासकलाई पठाइदिएको किसानको च्यातिएको भोटोबाट नेपालमा लोकतन्त्रिक समाजवादको  आधारशिला खडा भएको शर्माले चर्चा गरे । वीपीकी आमाले छोरा मर्न सक्छ माफी माग्न लगाउ सकुशल लैजाउ भनेर तत्कालिन शासकले भन्दा माफी माग्दैन परे कात्रो लिएर आउँछु भनेर दिएका जवाफ लोकतन्त्र र लोकतान्त्रिक समाजवादको आधारशिला भएको उनको भनाई थियो । इतिहास हुनेले नै इतिहास सुनाउने भन्दै शर्माले नेपालका कम्युनिष्टहरुको सुनाउन लायक इतिहास नै नभएको बताए । वीपी कोइराला एकैपटक प्रजातन्त्रवादी र राष्टवादी पनि भएको बताए ।

‘राष्टवादी मात्र हुँ, प्रजातन्त्रसँग मतलब छैन भनेको भए राजा महेन्दले जीवनभरि प्रधानमन्त्री बनाइदिन्थे । प्रजातन्त्र भए हुन्छ राष्टवादसँग मतलव छैन भनेको भए भारतले वीपीलाई जीवनभर प्रधानमन्त्री बनाइदिन्थ्यो, ’ शर्माले भने, ‘तर, वीपीले जीवनभर प्रधानमन्त्री बन्न सजिलो बाटो छान्नुभएन । उहाँ एकैपटक प्रजातन्त्रवादी र राष्टवादी हुनुहुन्थ्यो । उहाँ कसैसँग झुक्नुभएन ।’ उनले समृद्ध नेपाल बनाउन ठोस कार्यक्रम चाहिने भन्दै हावादारी सपनालाई भिजन भन्न नमिल्ने बताए । वीपीको विचार जडबस्तु नभएको भन्दै समयअनुसार परिवर्तनशिल हुँदै जाने पनि उनले बताए र कांग्रेस पराजय भएपछि केपीको राष्टवाद को वास्तविकताछर्लंग हुने मौका पाएको भन्दै अब कांग्रेसलाई सुधारेर अघि लैजानुपर्नेमा जोड दिए । कांग्रेससँग देश बनाउने समृद्धिको स्पष्ट खाका भएको भन्दै उनले भविष्य कांग्रेसकै भएको बताए ।

करिब १ घण्टा बोलेका शर्माले माक्र्सवाद साम्राज्यवादी विचार भएको भन्दै लोकतान्त्रिक समाजवादनै आधुनिक नेपाल निर्माणको बाटो वीपी कोइरालाले अघि सारेको जिवन्त विचार नै भएको बताए । मदन भण्डारीले जसलाई राजनीतिमा आउ भनेर चुनौती दिनुभयो । तीनको शिरमा रंगीन श्रीपेच थियो । ’शर्माले भने, ‘कमरेड केपी ओलीले जसलाई राजनीतिमा आउ भनेर चुनौती दिनुभो तीनको शिरमाथी रंग हिन स्लाइन छ । मदनले च्यालेन्ज सडकबाट दिनुभो, ओली सत्ताको न्यानोमा बसेर चुनौती दिनुभयो । ’ उनले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्र हुनु फरक रहेको भन्दै समाजवादले एक जना नागरिकको पनि गुनासो सुन्नुपर्ने बताए ।

 

– नेपाल डेलीबाट

(Visited 1 times, 1 visits today)

७ श्रावण २०७५, सोमबार ०२:१८ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts