सिटिजन बैंकको एफपिओ खुल्यो, कति गर्ने आवेदन ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलवार ०१:५८

काठमाडौं । सिटिजन्स बैंकको मंगलबारदेखि ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री खुला भएको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँमा १०० रुपैयाँ नै प्रिमियम थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले एफपीओ बिक्री गर्न लागेको हो । यसमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा एफपीओ नबिकेमा भने भदौ १४ गतेसम्म भर्न सकिनेछ ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २३०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो एफपीओमा सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ । एफपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो । बैंकले संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५१ः४९५ कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सिटिजन्सको एफपीओलाई ग्रेड ३ प्लस रेटिङ दिएको छ । यसले औसतमा राम्रो अवस्था जनाउँछ । सिटिजन्सले एफपीओ बिक्रीपछि चुक्ता पुँजी ८ अर्ब ७ करोड ९६ लाख १९ हजार रुपैयाँ पुग्नेछ ।

(Visited 1 times, 1 visits today)

१५ श्रावण २०७५, मंगलवार ०१:५८ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts