विद्यार्थी नेताहरु नै मिल्नुपर्छ पार्टीलाई स्पेस दिनुहुन्न : उपाध्यक्ष रिजाल

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलवार ०२:१४

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष निलकण्ठ रिजालले संगठनभित्रका आन्तरिक विवाद विद्यार्थी नेताहरुले नै मिलाउनुपर्ने बताएका छन् ।

समाजखबरसंग कुराकानी गर्दै उपाध्यक्ष रिजालले विद्यार्थी नेताहरुले आन्दोलन र दुःखमा सहकार्य गरेको उदाहरण दिदैं संगठन जोगाउन मिल्नुको विकल्प नरहेको बताए । नेविसंघको वर्तमान कार्यसमितिको म्याद सकिनै लाग्दा विधानअनुसार ३ महिना म्याद थपेर भएपनि महाधिवेशन गर्नुपर्ने रिजालको भनाई छ । महाधिवेशन सफल पार्न एक पक्षमात्रै लागेर नहुने भन्दै रिजालले सबै पक्षबीच सार्थक छलफल गरेर निकास निकाल्न सकिने बताए ।

नेविसंघमा विवादको श्रृखंला नयाँ नभएको भन्दै रिजालले स्थापनाकाल देखि नै नेविसंघमा फरक विचारले स्थान पाउँदै आएको बताए । ‘यो अहिले उत्पन्न विवाद होइन । नेविसंघमा पहिलेदेखिनै फरक मतले स्थान पाउँदै आएको छ । अब महाधिवेशन गराउन हाम्रा फरक मत घटाउदै लानुपर्छ ।’, रिजालले भने । महाधिवेशन गर्न नसकेको घाटा नेविसंघकै नेता र कार्यकर्ताले व्यहोर्नुपर्ने भएकोले पार्टीको हस्तक्षेप अगावै आन्तरिक एकता मजबुद पार्नुपर्ने रिजालले बताए । ‘हामी मिल्न सकेनौं भने पार्टीले हस्तक्षेपको रणनीति बनाउन सक्छ । त्यस्तो अवस्था सबै सक्रिय नेताका लागि दुखद हुनेछ । बरु पहिले नै संवाद गरौं, सहमति गरौं र महाधिवेशन गरौं ।’, उनले भने ।

महाधिवेशनको वातावरण बनाउनकै लागि आफूले उपाध्यक्षको मनोनयन स्वीकार गरेको बताउदै रिजालले महाधिवेशनको वातावरण बनाउन आफूले सकेको भूमिका निर्वाह गर्ने बताए ।

 

(Visited 1 times, 1 visits today)

१५ श्रावण २०७५, मंगलवार ०२:१४ मा प्रकाशित

शीर्ष खबर

सबै

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न.....

१० वर्षमा साढे दुई गुणा मुद्दा बढ्यो

काठमाडौं । नेपालमा दश वर्षको अवधिमा उल्लेख मात्रमा मुद्दा संख्‍या बढेको छ । सर्वोच्च अदालतले संक्षिप्त रुपमा.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts