नेविसंघमा ढोका बन्द गरी झ्यालबाट नेतृत्व ल्याउन खोजे मान्दैनौ : केन्द्रीय सदस्य भट्ट

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १८ श्रावण २०७५, शुक्रबार ०२:००

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील भट्टले महाधिवेशन प्रभावित गरी झ्यालबाट नेतृत्व खडा गर्ने प्रयास भए मान्य नहुने बताएका छन् ।

समाज खबरसंग कुराकानी गर्दै केन्द्रीय सदस्य भट्टले नेविसंघको विधानले तोकेको समयसीमाभित्र महाधिवेशनको अवस्था नबने वास्तविक विद्यार्थीहरुले ‘छुट्टै महाधिवेशन’ गर्ने बताए । नेविसंघ विवादको जरो नेृतृत्वमै रहेको भन्दै भट्टले विधानविपरीत भएका निर्णय खारेज गरेर विधिसम्मत प्रक्रिया थाले महाधिवेशन गर्न नेतृत्वलाई सघाउन सकिने बताए । ‘विधान विपरीतका काम सच्याएर, विधि मान्छौं , लोकतान्त्रिक प्रक्रियाबाट ईकाइ, जिल्ला , क्षेत्र र केन्द्रको अधिवेशन गर्छौ भनेर आउनुभयो भने सहकार्य हुनसक्छ । तर पार्टी नेतृत्वको दवावमा वास्तविक विद्यार्थीलाई पाखा लगाउने र ढोका बन्द गरेर झ्यालबाट नेतृत्व ल्याउने तयारी गरियो भने हामी मान्दैनौ ।’, भट्टले भने ।

नेविसंघको अघिल्लो महाधिवेशनदेखि आफूहरुले अध्यक्ष नैनसिंह महरलाई निरन्तर सहयोग गरेको तर विधानविपरीत गतिविधि बढेपछि सहकार्य टुटेको भट्टले बताए । ‘हाम्रो नेता महामन्त्री कुन्दनराज काफ्लेकै सहयोगमा अध्यक्ष बन्नुभएकोले १ वर्षसम्म हामीले सहयोग गरेकै हौं । जब उहाँले बाटो बिराउनुभयो हामी गलत बाटोमा जान सकेनौं ।’, उनले भने ।

पार्टीको निर्देशन समितिले नेविसंघ विवादलाई न्यूनीकरण गरेर महाधिवेशनको वातावरण बनाउनेमा उनले विश्वास व्यक्त गरे । विगतमा पनि पार्टीको निर्देशन समितिले सकरात्मक भूमिका निर्वाह गरेर महाधिवेशन सफल बनाएको उदाहरण दिदैं भट्टले निर्देशन समितिलाई आफूहरुले सहयोग गर्ने बताए । महाधिवेशन नचाहने पक्षले उमेर हदको विषयलाई अनावश्यक उचालेको भन्दै भट्टले उमेर हद लाग्दा वा नलाग्दा दुवै अवस्थामा महाधिवेशनको विकल्प महाधिवेशन नै हुने बताए ।

नेविसंघभित्र विद्यार्थीको एजेण्डा, जनताका सवाल र पार्टीको हित अनुसार चल्ने भन्दा पनि नेताको खल्तीबाट नेतृत्व आश गर्ने प्रवृत्ति बढेको भन्दै उनले अबका दिनमा विद्यार्थीको मन नजितेर कोही नेविसंघको नेता बन्न नसक्ने बताए । ‘विद्यार्थी र जनता होइन दाई, दिदी र भाउजुको चाकडी गरेर नेतृत्व पाउने दिन अब सकियो । जसले विद्यार्थीको काम गर्छ उही विद्यार्थी नेता हो ।’, उनले भने ।

(Visited 1 times, 1 visits today)

१८ श्रावण २०७५, शुक्रबार ०२:०० मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts