चार नेपाली क्रिकेटर विश्व वरियतामा पर्न सफल

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २१ श्रावण २०७५, सोमबार १४:०७

काठमाडौं । नेपालका चार खेलाडी आइसीसी टी-२० इन्टरनेशनल वरियतामा समावेश भएका छन्।

बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी तथा ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावकर शीर्ष सयको सूचीमा परेका हुन्।

आइसीसीले जारी गरेको नयाँ वरियताअनुसार नेपाली स्पीनर बसन्त रेग्मी बलिङतर्फ ७१औँ वरियतामा छन् भने फास्ट बलिङ अलराउण्डर सोमपाल कामी ९२औँ वरीयतामा छन्।

बसन्तको ३९७ तथा सोमपालको ३३८ रेटिङ छ। अष्ट्रेलियाका मार्कुस स्टोइनिस, इंग्ल्याण्डका बेन स्टोक, वेष्ट इन्डिजका आन्द्रे रेसल, भारतका रविन्द्र जडेजा भन्दा बसन्त अगाडी छन्।

यस्तै सोमपाल कामी केन रिचर्डसन, सार्दुल ठाकुर भन्दा अघि छन्।

यस्तै ब्याटिङतर्फ नेपालका कप्तान पारस खड्का ९०औँ तथा शरद भेषावकर ९८औँ स्थानमा छन्।

पारस वरियतामा किरण पोलार्ड, जर्ज बेली जस्ता खेलाडी भन्दा अगाडी छन् भने शरदपछि वेष्टइन्डिजकै डारेन शामी र जिम्बावेका सिकन्दर राजा छन्। पारसको २६५ तथा शरदको २३८ रेटिङ छ।

(Visited 1 times, 1 visits today)

२१ श्रावण २०७५, सोमबार १४:०७ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts