सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलवार ०१:५५

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ । विश्लेषकहरुले भने सरकारको दावी गलत रहेको बताएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी हरेक दृष्टिले पछिल्लो ५ महिना ‘कुशासनको मानक थालनी’ का रुपमा दर्ज भएको बताए ।

समाजखबर संग कुराकानी गर्दै त्रिपाठीले सरकार बनेदेखि नै संविधानको उल्लघंन सुरु भएको र जनताले अनुभूति गर्ने कुनै काम हुन नसकेको बताए । ‘न सिण्डिकेट अन्त्य भएको सत्य हो न सुनकाण्डका ठूला माछा पक्राउ परे । सरकारले दावी गरेका कुनैपनि उपलब्धी जनताले अनुभूति गरेनन् ।’, त्रिपाठीले भने ।

५ महिनामै उपलब्धीको सूची सार्वजनिक गर्न हतार गर्नुले नै सरकार हतास मनस्थितिमा रहेको र प्रचारका लागि मात्रै उपलब्धी सार्वजनिक गरिएको पुष्टि हुने त्रिपाठीको भनाई छ । हत्या अभियोगमा दोषी प्रमाणित बालकृष्ण ढुंगेलको रिहाई, प्रधानन्यायाधीशमा दीपकराज जोशीको सिफारिस अस्वीकृत हुने जस्ता घटनाबाट सरकारले न्यायालयलाई दुरुपयोग गर्न चाहेको देखिने उनले बताए । ‘दुई तिहाई कानून कार्यान्वयनका लागि हुनुपर्नेमा मिच्नका लागि भयो । ’, उनले भने ।

पछिल्लो ५ महिना करबृद्धि, महंगी बृद्धि, अपराध बृद्धि, भ्रषटाचार बृद्धि र दुशासन बृद्धिको अवधी भएको सत्य छोप्न सरकारले उपलब्धीपत्र सार्वजनिक गरेको उनको भनाई थियो ।

(Visited 1 times, 1 visits today)

२९ श्रावण २०७५, मंगलवार ०१:५५ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts