एमएड पहिलो सेमेष्टरको प्रश्नपत्र आउट !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार ०१:५१

काठमाडौं । मंगलबार बिहान ११ बजे हुने भनिएको एमएड प्रथम सेमेस्टर साइकोलोजी विषयको प्रश्नपत्र बिहानैदेखि बजारमा, प्रश्नपत्र लिक भएको प्रमाणित भएपछि त्रिविद्वारा परीक्षा स्थगित

आइतबार भएको फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि त्यही प्रश्नपत्र आयो, जुन प्राध्यापक होमनाथ भट्टराईले आफ्नो किताबमा नमुना प्रश्नपत्र भनेर छापेका थिए

त्रिभुवन विश्वविद्यालय एमएड फस्र्ट सेमेस्टका विद्यार्थी मंगलबार बिहान ११ बजे हुने भनिएको साइकोलोजी विषयको परीक्षाका लागि अन्तिम तयारी गरेर परीक्षा केन्द्रतर्फ जाँदै थिए ।

तर, देशभरका ३८ परीक्षा केन्द्रमा परीक्षार्थी पुग्दानपुग्दै प्रश्नपत्र सामाजिक सञ्जालमा छरपस्ट भइसकेको थियो । त्रिभुवन विश्वविद्यालयले तत्कालै छानबिन ग-यो । परीक्षाका लागि तय भएको प्रश्नपत्र नै सामाजिक सञ्जालमा पुगेको पुष्टि भएपछि परीक्षा स्थगित भयो ।

त्रिवि, शिक्षाशास्त्र संकाय, साइकोलोजी विषय समितिका अध्यक्ष प्रा. होमनाथ भट्टराईले प्रश्नपत्र तयार पारेका हुन् । आफूबाटै प्रश्नपत्र आउट भएको उनले स्विकारेका छन् । ‘प्रश्नपत्र मेरो पेनड्राइभमा थियो, त्यसमा बिएड, एमएडका कोर्सका फाइल पनि थिए, कोर्स दिँदा प्रश्नपत्र गएजस्तो लाग्छ,’ उनले भने ।

तर, आइतबार भएको फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि प्रा. भट्टराईकै गम्भीर दोष देखिएको छ । फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि त्यही प्रश्नपत्र आयो, जुन प्राध्यापक होमनाथ भट्टराईले आफ्नो किताबमा नमुना प्रश्नपत्र भनेर छापेका थिए ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

(Visited 1 times, 1 visits today)

२० भाद्र २०७५, बुधबार ०१:५१ मा प्रकाशित

शीर्ष खबर

सबै

नेविसंघको म्याद गुज्रियो, थप्ने की हटाउने ?

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघ नेविसंघको केन्द्रीय कार्यसमितिको म्याद आजबाट सकिँदै छ । कांग्रेसले आज राती सम्म म्याद थप नगरेमा नेविसंघको केन्द्रीय समिति स्वतः.....

मुलुक नै भूकम्प प्रतिरोधी बनाउने अभियानमा छौ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् । २१औं.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts